Suvadin, Home

बुद्धिज्म र ट्राभल एण्ड टुरिज्म म्यानेजमेन्टमा विद्यार्थीकाे अाकर्षण!

अार्थिकाेपार्जन र अलग–अलग परिवेशलार्इ नियाल्न पाइँने भएकाले पनि पर्यटन विषय लाेकप्रिय भएकाे हाे। लुम्बिनी बौद्ध विश्वविद्यालयले पर्यटनसँग सम्बन्धित विषय थप गरी शैक्षिक कार्यक्रम विस्तार गरेको छ।
स्नातक तहका विद्यार्थी र प्राध्यापक। तस्वीर साैजन्यः तिलक अाचार्य

रुपन्देही, मंसिर १५ – पछिल्लाे समय विद्यार्थी माझ पर्यटनसम्बन्धी विषय लाेकप्रिय बनिरहेकाे छ। अार्थिकाेपार्जन र अलग–अलग परिवेशलार्इ नियाल्न पाइँने भएकाले पनि पर्यटन विषय लाेकप्रिय भएकाे हाे।

लुम्बिनी बौद्ध विश्वविद्यालयले पर्यटनसँग सम्बन्धित विषय थप गरी शैक्षिक कार्यक्रम विस्तार गरेको छ। विद्यार्थीले अध्ययनकाे चाहना व्यक्त गरेपछि उक्त विषय थप गरिएकाे विश्वविद्यालयका उपकुलपति प्रा.डा. नरेशमान बज्राचार्यले जनाएका छन्।

तेह्राैं विश्वविद्यालय दिवसका अवसरमा बुटवलमा ब्याचलर अफ बुद्धिज्म, ट्राभल एण्ड टुरिज्म म्यानेजमेन्ट विषयको कक्षारम्भ गर्दै बज्राचार्यले देवदह, तौलिहवा र रामग्राममा विषयगत विभाग स्थापना गर्ने योजना अघि जनाएका छन्। बुद्धिज्म र ट्राभल एण्ड टुरिज्म म्यानेजमेन्टमा विद्यार्थीकाे अाकर्षण रहेकाे उनले बताएका छन्।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले नगरपालिकाले शैक्षिक गुरुयोजना निर्माणको काम गरिरहेको र समाजमा खपत हुने जनशक्ति उत्पादन गर्ने गरी शैक्षिक संस्था सञ्चालनमा जोड दिइने बताएका छन्। 

तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले विश्वविद्यालयले चाहेमा बिबिटिटिएम कार्यक्रम सञ्चालन गर्न जमिन उपलब्ध गराउन सकिने आश्वासन दिँदै नगरलाई शैक्षिक नगरीका रुपमा परिचित बनाउने योजना रहेको जानकारी दिएका छन्। 

प्रा.डा. कृष्णचन्द्र शर्माले विश्वविद्यालयलाई ५ नं प्रदेशको विकाससँग जोडेर अघि बढाउनुपर्ने बताएका छन्। विश्वविद्यालयका रजिष्ट्रार तिलक आचार्यले विश्वविद्यालयका न्यूनतम पूर्वाधार निर्माण भइसकेको र शैक्षिक कार्यक्रम विस्तारको प्रक्रिया शुरु भएको जानकारी दिएका छन्। 

डीन डा. भद्ररत्न बज्राचार्यले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण हुने शैक्षिक कार्यक्रम बिबिटिटिएम बुटवलमा सञ्चालन गरिएकाले यसले सक्षम जनशक्ति तयार गर्ने विश्वास व्यक्त गरेका छन्। 


 

More form the Internet

loading...