Suvadin, Home

महाकाली नदी प्रभावितलार्इ लक्षित गरी क्षमता अभिवृद्धि कार्यक्रम

नेपालको पश्चिमी सीमा महाकाली नदी क्षेत्रअन्तर्गत पर्ने समुदायमा सञ्चालित दक्षिण एशियाली अन्तरदेशीय सीमा नदीको पानीको सामुदायिक सदुपयोग (ट्रोसा) परियोजनाअन्तर्गत क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको हो।

डडेल्धुरा, २५ पुस –  महाकाली नदीले प्रभावित पार्ने क्षेत्रमा जोखिमलाई न्यूनीकरण गर्नका लागि कार्यक्रम सञ्चालन गरिएको छ। 

डडेल्धुरामा महाकाली नदीले प्रभाव पार्ने र जोखिम न्यूनीकरण गर्नका लागि प्रभावमा परेका चार जिल्लाका कर्मचारीलाई डडेल्धुरामा क्षमता अभिवृद्धि कार्यक्रम आयोजना गरिएको हाे।

नेपालको पश्चिमी सीमा महाकाली नदी क्षेत्रअन्तर्गत पर्ने समुदायमा सञ्चालित दक्षिण एशियाली अन्तरदेशीय सीमा नदीको पानीको सामुदायिक सदुपयोग (ट्रोसा) परियोजनाअन्तर्गत क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको हो।

ट्रोसा कार्यक्रम महाकाली नदी प्रभावित चारवटा जिल्ला – दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरमा नदीले प्रभाव पार्ने क्षेत्रमा लागू हुने सरोकारवाला संस्थाले जनाएको छ। उक्त अवधिमा जोखिमलाई न्यूनीकरण गर्न महाकाली नदीले मानव बस्ती र अन्य क्षेत्रलाई पार्ने प्रभावलाई कम गर्दै लैजाने जनाइएको छ।

यस कार्यक्रमका चारवटै जिल्लामा छुट्टाछुट्टै साझेदार संस्था – दार्चुलामा संकल्प, बैतडीमा रुडेस, डडेल्धुरामा रुडुक र कञ्चनपुरमा निड्स रहेको कुरा कार्यक्रम अधिकृत अमर साउदले जानकारी दिए।

महाकाली नदी प्रभावित चारवटा जिल्ला – दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरका परियोजनासम्बद्ध कर्मचारीलाई आगामी दिनमा सञ्चालन गरिने विभिन्न कार्य सहजताका लागि तीनदिने क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको हो।

महाकाली सीमा क्षेत्रका संकटग्रस्त बस्तीमा सञ्चालन गरिने पैरवी एवं समन्वयमूलक यस कार्यक्रमलाई थप प्रभावकारी बनाउन क्षमता अभिवृद्धि आवश्यक रहेकाले कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था रुडुकका कार्यकारी निर्देशक सरस्वती खड्काले जानकारी दिए।

महाकाली नदी प्रभावित क्षेत्रमा पर्ने दार्चुला जिल्लाअन्तर्गतका ब्यास, दुहु, लेकम, मालिकार्जुन गाउँपालिका र महाकाली नगरपालिका, बैतडी जिल्लाअन्तर्गतका शिवनाथ, पञ्चेश्वर गाउँपालिका र दशरथचन्द नगरपालिका, डडेल्धुरा जिल्लाअन्तर्गत परशुराम नगरपालिका र कञ्चनपुर जिल्लाअन्तर्गतका महाकाली र भीमदत्त नगरपालिकामा आगामी पाँच वर्षसम्म सञ्चालन गरिनेछ। 


 

More form the Internet

loading...