Suvadin, Home
चिकित्साजन्य फोहोर निर्मलीकरण गरेर खाडलमा पुर्नुपर्ने कानुनी व्यवस्था छ। अन्यथा वातावरणमा संक्रमण फैलिन्छ र मानवलाई मात्र नभएर वातावरणलाई नै असर गर्छ।
तस्वीरः शंकर खड्का

बर्दिबास, २९ कात्तिक – बर्दिबास नगरपालिका–१ स्थित मकालु अोरल एण्ड डेन्टल केयर सेन्टरले अस्पतालबाट निस्किने फोहोर सही ढंगले व्यवस्थापन गर्न नसक्दा समस्या उत्पन्न भएको छ।

सिरिन्ज, निडिलजस्ता प्लास्टिक तथा धातुजन्य फोहोर अस्पतालहरूले जथाभावी फाल्ने गरेको छ। अस्पतालले यसको राम्रो व्यवस्थापन गर्न नसक्दा वातावरण समेत प्रदुषित बन्न थालेको छ। यसबाट मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ। अस्पतालले खुला ठाउँमै फोहोरहरू फाल्ने गरेको छ।

चिकित्साजन्य फोहोर निर्मलीकरण गरेर खाडलमा पुर्नुपर्ने कानुनी व्यवस्था छ। अन्यथा वातावरणमा संक्रमण फैलिन्छ र मानवलाई मात्र नभएर वातावरणलाई नै असर गर्छ। अस्पतालले यसलाई बेवास्ता गरेर जथाभावी फोहोर फालेको बर्दिबासका बासिन्दाको गुनासो छ।


 

More form the Internet

loading...