Suvadin, Home

‘मास्कमाण्डु–३’ अभियानलाई सर्वसाधारणक साथ

यस अभियानमा युवा, शैक्षिक संस्था, आमनागरिक, वातावरणविद् तथा समाजका अग्रणीहरुको उत्साहपूर्ण सहभागिता बढ्दै गएको छ। गत माघ २५ गतेदेखि साताव्यापीरुपमा सञ्चालन गरिएको यस अभियानअन्तर्गत उपत्यकाका विभिन्न चोकहरुमा स्वच्छ हावाको लागी श्रृंखलाबद्ध सांकेतिक प्रदर्शन गरिएको छ।
फाइल तस्वीर

ललितपुर, २९ माघ – वायु प्रदूषणको विरुद्धमा साझा संकल्प लिने प्रयत्नका साथ सञ्चालन भइरहेको ‘मास्कमाण्डु–३’ अभियानलाई सर्वसाधारणले साथ दिएका छन्।

यस अभियानमा युवा, शैक्षिक संस्था, आमनागरिक, वातावरणविद् तथा समाजका अग्रणीहरुको उत्साहपूर्ण सहभागिता बढ्दै गएको छ। गत माघ २५ गतेदेखि साताव्यापीरुपमा सञ्चालन गरिएको यस अभियानअन्तर्गत उपत्यकाका विभिन्न चोकहरुमा स्वच्छ हावाको लागी श्रृंखलाबद्ध सांकेतिक प्रदर्शन गरिएको छ।

हालसम्म चावहिल, कोटेश्वर, सातदोबाटो, कलंकी र माइतीघरमा सफलतापूर्वक कार्यक्रम सम्पन्न भएको स्वच्छ ऊर्जा नेपालका प्रवन्ध निर्देशक राजन थापाले जानकारी दिएका दिएका छन्।

बिहान ९ बजे देखि साढे ९ बजेसम्म वायु प्रदूषणसम्बन्धी जानकारीमूलक सन्देश र नारा लेखिएका ब्यानर, प्लेकार्डसहित मूलचोकमा उभिएर सहभागीहरुले सफा र स्वच्छ काठमाडाैं बनाउनका लागि सर्वसाधारणलाई उत्प्रेरित गर्दै दायित्वबोध गराउने गरेका छन्। 

नेपालको संविधान २०७२ को धारा ३० मा उल्लेख भए अनुसार स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हकको सुनिश्चितता माग गर्ने अभियानको रुपमा यस अभियानलाई लिइएको निर्देशक थापाले बताएका छन्।

सन् २०१६ र २०१७ मा मास्कमाण्डु पहिलो र दोस्रोपछि वायुको गुणस्तर सुधारका लागि केही नीतिगत व्यवस्था भएपनि वायु प्रदूषण र यसको असर झन् विकराल बन्दै गएको हुँदा सचेतनाका लागि ‘मास्कमाण्डु–३’ को अभियानको आयोजना गरिएको उनको भनाइ छ।

‘मास्कमाण्डु–३’ अभियानले शहरको वायुको गुणस्तर सुधार गर्न र प्रत्येक व्यक्तिले आफ्नो स्वच्छ हावाको अधिकार सुनिश्चित गर्न अा–अाफ्नाेस्तर जिम्मेवारी लिन र दृढ भएर लाग्न अनुरोध गरेको छ।

आगामी फागुन २ गते भृकुटीमण्डपबाट रत्नपार्कसम्म बृहद् र्याली र प्रदर्शनीका साथ यस अभियानको समापन हुने बताइएको छ।


 

More form the Internet

loading...