Suvadin, Home
गत आर्थिक वर्षमा मात्रै रु २५ अर्ब ८१ करोडको औषधि आयात भएको उनलले जानकारी दिए। यहाँका उद्योगले रु १८ अर्ब २५ करोडको औषधि उत्पादन गरेका थिए। भारतबाट मात्रै रु २१ अर्ब ४२ करोडको औषधि आयात भएको बताइएको छ। आर्थिक वर्ष २०७२-७३ मा ४५ प्रतिशत हिस्सा नेपाली औषधिले धानेको भए पनि गत आर्थिक वर्षमा चार प्रतिशतले कमी आएको छ। 

चितवन, ९ मंसिर – नेपालका औषधि उद्योगले क्षमताअनुसार उत्पादन गर्न सकेकाे नपाल औषधि उत्पादक संघका  केन्द्रीय अध्यक्ष दीपकप्रसाद दाहालले बताएका छन्। मागको ७० प्रतिशत नेपाली उत्पादनले धान्न सक्ने भए पनि ४१ प्रतिशत मात्रै उत्पादन हुँदै आएको व्यवसायीकाे भनाइ छ। नेपाल औषधि उत्पादक सघंका केन्द्रीय अध्यक्ष दीपकप्रसाद दाहालले यहीँ उत्पादन हुने औषधि पनि प्रतिस्पर्धाका नाममा आयात गर्दा क्षमताअनुसार नेपाली उद्योगले उत्पादन गर्न नसकेको जानकारी दिएका हुन्।

भारतले त्यहाँका औषधि उद्योगलाई विभिन्न ३५ वटा शीर्षकमा अनुदान दिने भए पनि नेपालमा त्यो व्यवस्था भने नरहेकाे र उद्योगलाई बढाउनकाे लागि नेपाल सरकारले पनि यस्तै कदम चालनु पर्ने उनकाे भनाइ रहकाे छ। जसका कारणले गर्दा भारतमा उत्पादित औषधि सस्तो हुने गर्दछ। दाहालले विश्वका अधिकांश मुलुकले आफ्नो देशमा उत्पादन हुने औषधिको कच्चा पदार्थ मात्रै विदेशबाट आयात गर्ने भए पनि नेपालमा त्यसो हुन नसक्दा क्षमताअनुसार उत्पादन गर्न नसकिएको उनले बताए। 

नेपालमा हाल ५३ औषधि उद्योग सञ्चालनमा रहेकाे उनले बताए। पन्ध्र उद्योग सञ्चालनको तयारीमा रहेकाे पनि उनले बताए। ती उद्योगमा रु २५ अर्बभन्दा बढी लगानी भएको संघले जनाएको छ। नेपाली उत्पादनले ४१ प्रतिशत धानेको छ भने ४९ प्रतिशत भारतीय र १० प्रतिशत अन्य विदेशी मुलुकबाट औषधि आयात हुँदै आएको छ। 

गत आर्थिक वर्षमा मात्रै रु २५ अर्ब ८१ करोडको औषधि आयात भएको उनलले जानकारी दिए। यहाँका उद्योगले रु १८ अर्ब २५ करोडको औषधि उत्पादन गरेका थिए। भारतबाट मात्रै रु २१ अर्ब ४२ करोडको औषधि आयात भएको बताइएको छ। आर्थिक वर्ष २०७२-७३ मा ४५ प्रतिशत हिस्सा नेपाली औषधिले धानेको भए पनि गत आर्थिक वर्षमा चार प्रतिशतले कमी आएको छ। 

यहाँका उद्योगी कच्चा पदार्थमा समेत भारतमा निर्भर छन्। वर्षेनी रु ६ अर्ब हाराहारीको कच्चा पदार्थ भारतबाट आउने गरेकाे उनले बताए। दाहालले भारतले पनि ८० प्रतिशतभन्दा बढी कच्चा पदार्थ चीनबाट आयात गर्ने गरेको जानकारी उनले दिए। ठूलो मात्रामा ल्याउनुपर्ने भएकाले नेपालले सोझै चीनबाट कच्चा पदार्थ आयात गर्न नसकेको उनको भनाइ छ। 


 

More form the Internet

loading...