Suvadin, Home

औषधिको चरम अभाव, सुनसान भए स्वास्थ्य संस्था

औषधि अभावले महोत्तरीका स्वास्थ्य संस्था सुनसान हुन थालेका छन्। सरकारले स्वास्थ्य संस्थामा नियमित स्वास्थ्यकर्मी बस्ने र निःशुल्क औषधि पाइने प्रचार गरिरहे पनि यथार्थमा जिल्लाको अवस्था त्यस्तो छैन।

महोत्तरी, माघ १७- औषधि अभावले महोत्तरीका स्वास्थ्य संस्था सुनसान हुन थालेका छन्। सरकारले स्वास्थ्य संस्थामा नियमित स्वास्थ्यकर्मी बस्ने र निःशुल्क औषधि पाइने प्रचार गरिरहे पनि यथार्थमा जिल्लाको अवस्था त्यस्तो छैन।

गाउँका स्वास्थ्य संस्थामा न औषधि पाइन्छ, न जाँच गर्ने स्वास्थ्यकर्मी नै भेटिन्छन्। नियमित अनुगमन नहुँदा स्वास्थ्य संस्था बेकामेजस्ता भएको स्थानीयको गुनासो छ। केन्द्र र क्षेत्रबाट औषधि आएको छैन। स्थानीयस्तरमा खरिद गर्नुपर्ने औषधिको बोलपत्र पनि समयमा नगर्दा चरम अभाव भएको हो।

जिल्लामा तीन महिनादेखि औषधि अभाव भए पनि सम्बन्धित निकायले चासो नलिएको बिरामीले बताए। जिल्लाभरका ७६ स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा चहलपहल नै देखिँदैन।

औषधि हुँदा दिनहुँ ती स्वास्थ्य संस्थामा बिरामीको भीड लाग्थ्यो। औषधि अभाव र स्वास्थ्यकर्मीको अनुपस्थितिका कारण बिरामिले उपचार सेवा पाउन सकेका छैनन्। दैनिक सरदर तीन सयभन्दा बढी बिरामी आउने जिल्लाभरका स्वास्थ्य संस्थामा औषधि अभावसँगै बिरामीको संख्या पनि घट्दो छ। रासस

 


 

More form the Internet

loading...