Suvadin, Home

औषधि खरिद गर्न ७ करोड निकासा

स्वास्थ्य मन्त्रालयले औषधि खरिदका लागि सुदूरपश्चिमका स्वास्थ्य संस्थालाई ६ करोड ८७ लाख रुपैया निकासा गरेको छ। स्वास्थ्य निर्देशनालय, ९ वटै जिल्लाका जिल्ला जनस्वास्थ्य, स्वाथ्य र विभिन्न चार अस्पतालका लागि उक्त रकम निकासा दिएको हो।

डडेल्धुरा, माघ २७ - स्वास्थ्य मन्त्रालयले औषधि खरिदका लागि सुदूरपश्चिमका स्वास्थ्य संस्थालाई ६ करोड ८७ लाख रुपैया निकासा गरेको छ। स्वास्थ्य निर्देशनालय, ९ वटै जिल्लाका जिल्ला जनस्वास्थ्य, स्वाथ्य र विभिन्न चार अस्पतालका लागि उक्त रकम निकासा दिएको हो।

भदौ र पुस महिनामा गरी दुई चरणमा औषधि खरिदका लागि रकम निकासा भएको र स्वास्थ्य संस्थामा अविलम्ब औषधि पुर्याउन निर्देशन दिएको मन्त्रालयले जनाएको छ। औषधि खरिदका लागि सबैभन्दा बढी क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा ७० लाख निकासा भएको छ।

डडेल्धुराको जोगबुढा अस्पताल र कैलालीको मालाखेती अस्पताल, दार्चुलाको गोकुलेश्वर अस्पताललाई समान १५/१५ लाख निकासा गरिएको छ। यसैगरी, जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीमा दुई चरणमा ६७ लाख र  बैतडीमा ६० लाख औषधि खरिदका लागि निकासा भएको छ।

कञ्चनपुरमा ५७ लाख, अछाममा ५६ लाख, डोटीमा ५४ लाख, बझाङमा ५२ लाख तथा डडेल्धुरामा ४५ लाख निकासा भएको छ। बाजुरा र दार्चुलामा सामान ४८/४८ लाख निकासा भएको जनाइएको छ । मन्त्रालयले विभिन्न अस्पतालमा समेत औषधि खरिदका लागि सिधै रकम पठाएको डडेल्धुरा स्वास्थ्य कार्यालयका प्रमुख वृषबहादुर शाहीले जानकारी गराए। रासस

 


 

More form the Internet

loading...