Suvadin, Home

भाइरल भएको डा.अधिकारीको राजीनामा पत्रमा स्वास्थ्य मन्त्रालयको यस्तो जवाफ

डा.अधिकारीलाई २०७४ चैत १८ गते नै वीरमा नवौं तहको दरबन्दी खालि नहुँदा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पदस्थापन गरिएको तर उनी जान नमान्दै वीरमै काजमा काम गर्दै आएको हो।'  

काठमाडौं, ५ मंसिर – सामाजिक सञ्जालमा भाइरल भएको वीर अस्पतालका न्यूरो सर्जन डा.ध्रुब अधिकारीको चाकडी र घुस पुर्याउन नसकेर राजीनामा माग गरेको विषयलार्इ गम्भिर ध्यानाकर्षण गर्दै स्वास्थ्य मन्त्रालयले विज्ञप्ती जारी गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले विज्ञप्ती जारी गर्दै डा.अधिकारीले सरकारको निर्णय अटेरी गर्दै राजीनामा दिएको बताएका छन्। विज्ञप्तिमा लेखिएको छ, 'डा.अधिकारीलाई २०७४ चैत १८ गते नै वीरमा नवौं तहको दरबन्दी खालि नहुँदा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पदस्थापन गरिएको तर उनी जान नमान्दै वीरमै काजमा काम गर्दै आएको हो।'  

उनको नवाैँ तहमा नियुक्तिको बेलामा कुनै दरबन्दी खाली नभएको र हाल दरबन्दी खाली हुँदा  नियमानुसार एक पटक हाजिरी गरेर मिलाउन सकिने मौखिक जानकारी डा.अधिकारीलाई बारम्बार गराइएपनि उनले नमानेको र सरकारी निर्णयको अवज्ञा गरेर राजीनामा बुझाइएको विज्ञप्तीमा उल्लेख छ।

डाक्टरको स्वास्थ्य मन्त्रीलार्इ चिठ्ठीः चाकडी र घुस पुर्याउन नसकेर राजीनामा माग


 

More form the Internet

loading...