Suvadin, Home

भक्तपुर जिल्लामा देखियो १२ जनामा डेंगु संक्रमण

तीन महिना यता डेंगुको संक्रमण देशैभरि फैलिएको छ । देशैभर डेंगुबाट ग्रसित बनिरहँदा भक्तपुर जिल्लामा मात्रै १२ बिरामी फेला परेका छन् । 

भक्तपुर । तीन महिना यता डेंगुको संक्रमण देशैभरि फैलिएको छ । देशैभर डेंगुबाट ग्रसित बनिरहँदा भक्तपुर जिल्लामा मात्रै १२ बिरामी फेला परेका छन् । 

जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत पार्थमणि न्यौपानेले गत वर्षभन्दा यस वर्ष चार दोब्बर डेंगुका बिरामी भेटिएकाले यो जिल्ला डेंगुको उच्च जोखिममा परेको जानकारी दिए । 

भक्तपुर अस्पतालमा कार्यरत एक कर्मचारीसहित अहिलेसम्म १२ जनामा डेंगुको सङ्क्रमण देखिएको छ । अहिले दुई जनाको सोही अस्पतालमा र अन्यको टेकु अस्पतालमा उपचार भइरहेको उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रविभूषण सुवालले जानकारी दिए । 

यहाँ डेंगुको सङ्क्रमण परीक्षण कीटको व्यवस्था नहुँदा टेकु अस्पतालमा जचाउन पठाउनु परेको उनले बताए । 

जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत न्यौपानेका अनुसार गत वर्ष तीन जनामा मात्रै डेंगु देखिएको र यस वर्ष सङ्क्रमण बढेको छ ।

कार्यालयले डेंगु सङ्क्रमणबाट जोगिन दिउँसो टोक्ने लामखुट्टेबाट बच्न र घरवरिपरि पानी जमेका खाल्डाखुल्डी नराख्न, झ्याम्म भएका झाडी नराख्न, फोहर नगर्न र इन्सेक्टिसाइड छरेर डेंगुको सङ्क्रमणबाट जोगिन सर्वसाधारणलाई आग्रह गरेको छ । 


 

More form the Internet

loading...