Suvadin, Home

स्वास्थ्य क्षेत्रमै कार्यरत चिकित्सकलार्इ उपकूलपति बनाउन माग गर्दै स्वास्थ्य मन्त्रालय घेराउ

स्वास्थ्य सेवामा कार्यरत चिकित्सक बाहेकका चिकित्सकलाई प्रतिष्ठानको उपकूलपति बनाउन खोजिएको आशंका गर्दै सरकारी चिकित्सक संघले विरोद्ध गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गरेको हो। स्वास्थ्य सेवामै कार्यरत व्यक्तिलार्इ उपकूलपति नियुक्त नगर्ने गरी सरकारले छनौट प्रक्रिया अघि बढाएपछि त्यसको विरोध गर्नु परेको संघका अध्यक्ष डा. दिपेन्द्र पाण्डेले जानकारी दिए।

काठमाडौं, २९ भदाै – सरकारी चिकित्सक संघ नेपालले वीर अस्पतालको उपकूलपति छनौंट प्रक्रियामा असहमति जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गरेको छ।

स्वास्थ्य सेवामा कार्यरत चिकित्सक बाहेकका चिकित्सकलाई प्रतिष्ठानको उपकूलपति बनाउन खोजिएको आशंका गर्दै सरकारी चिकित्सक संघले विरोद्ध गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गरेको हो।

स्वास्थ्य सेवामै कार्यरत व्यक्तिलार्इ उपकूलपति नियुक्त नगर्ने गरी सरकारले छनौट प्रक्रिया अघि बढाएपछि त्यसको विरोध गर्नु परेको संघका अध्यक्ष डा. दिपेन्द्र पाण्डेले जानकारी दिए।

संघले स्वास्थ्य सेवाका बहालवाला चिकित्सकलाई नै उपलकूलपति नियुक्ती गर्न माग गर्दै उपप्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई गत आइतबार ज्ञापनपत्र बुझाएको छ। मुलुकको एक मात्रै पूरानो सरकारी अस्पताल वीर अस्पतालमा उपकूलपति नियुक्ती गर्ने विषयलाई हल्का रुपमा नलिन पनि संघले सरकारलाई चेतावनी दिँदै आएको छ।

स्वास्थ्य सेवामा कार्यरत चिकित्सकलाई मात्रै उपकूलपति बनाउन गरिएको आग्रह बेवास्ता गरे सरकारविरुद्ध कडा कदम चाल्न बाध्य हुने संघको चेतावनी छ।


 

More form the Internet

loading...