Suvadin, Home

एमडी-एमएसका विद्यार्थीमाथि अतिरिक्त शुल्कको बोझ
नेशनल मेडिकल कलेजको लुटमा तीर्थ खनियाँ, जगदीश अग्रवालहरुकै मिलेमतो

‘यो निर्णय खनियाँले कसरी गरेका हुन्, हामीलाई केही थाहा छैन,’ परिषद्का एक सदस्यले शुभदिनसँग भने, ‘यहाँ तीर्थ खनियाँको मनपरी चल्छ, उपकुलपतिको कुर्सीको बेइज्जत नै गरिसके, ३१ लाख निर्धारण गर्ने निर्णय पनि मनोमानी र मेडिकल माफियाहरुसँगको मिलेमतोमै आएको हो।’
पर्साको वीरगञ्जस्थित नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल।

काठमाडौं, भदौ ३० – शैक्षिक वर्ष २०७४/२०७५ का लागि चिकित्साशास्त्रकाे महत्वपूर्ण विधा एमडी/एमएस अध्ययन गर्न त्रिभूवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको विद्या परिषद्ले २६ लाख रुपैयाँ तोक्यो। र, कार्यकारी परिषद्मा कार्यान्वयनका लागि पठायो।

शिक्षा परिषद्ले पठाएको उक्त २६ लाख रुपैयाँ निर्धारण प्रतिवेदन उपकुलपति तीर्थ खनियाँको नेतृत्वमा रहेको कार्यकारी परिषद्ले २ महिनाभन्दा लामो समयसम्म पास गरेन।

शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीले ११औं पटकको आमरण अनशन शुरु गर्ने चेतावनी दिएपछि खनियाँले आत्तिएर रातारात ‘एमडी/एमएसका लागि ३१ लाख रुपैयाँ’ भन्ने निर्णय गरे।

‘यो निर्णय खनियाँले कसरी गरेका हुन्, हामीलाई केही थाहा छैन,’ परिषद्का एक सदस्यले शुभदिनसँग भने, ‘यहाँ तीर्थ खनियाँको मनपरी चल्छ, उपकुलपतिको कुर्सीको बेइज्जत नै गरिसके, ३१ लाख निर्धारण गर्ने निर्णय पनि मनोमानी र मेडिकल माफियाहरुसँगको मिलेमतोमै आएको हो।’

‘हामीले फोन गरौं, पत्र पठायौं, सुनुवाई भएन, त्यसैले भेट्नै गयौं,’ ती अभिभावकले भने, ‘तर, हामीमाथि भएको अन्यायको सुनुवाई भएन।’ डिन जगदीशप्रसाद अग्रवालले ‘के मैले मेडिकल कलेज सञ्चालकलाई हत्कडी लगाउनु?’ भन्दै आफूहरुलाई थर्काएको गुनासो ती अभिभावकको छ।

पछिल्लो समय पर्साको वीरगञ्जस्थित नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले एमडी/एमएस अध्ययनरत विद्यार्थीमाथि अतिरिक्त शुल्क लादेको छ। भर्ना हुनेबित्तिकै ३१ लाख रुपैयाँ असुली गर्ने नेशनल मेडिकल कलेजले अतिरिक्त शुल्क पनि लिने गरेको छ। 

‘३१ लाख रुपैयाँ त अध्ययन शुल्क वापतको तिर्नुपर्ने हुन्छ, फेरि ३ लाख ८५ हजार रुपैयाँको बिल फेरि आयो,’ एक जना विद्यार्थीका अभिभावकले शुभदिनसँग भने, ‘खोई के–के बहानामा हामीलाई लुट्ने हुन्।’

३ वर्षमा ३१ लाख रुपैयाँबाहेक ११ लाख ५५ हजार रुपैयाँ अतिरिक्त शुल्क तिर्नुपर्ने भएपछि विद्यार्थीका अभिभावक तनावमा परेका छन्। 

शुभदिन मिडियालाई एउटा बिल प्राप्त भएको छ। जुन बिल ३१ लाख रुपैयाँ बाहेकको हो। जसमा एमडी/एमएस प्रथम वर्षको पढाई शुल्कबापत ३ लाख ८५ हजार रुपैयाँ बुझाइएको छ।

यस विषयमा अभिभावकले त्रिभूवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका डिन जगदीशप्रसाद अग्रवाललाई भेटेर जानकारी गराउँदा थर्काएर पठाउने गरेको गुनासो गरेका छन्।

‘हामीले फोन गरौं, पत्र पठायौं, सुनुवाई भएन, त्यसैले भेट्नै गयौं,’ ती अभिभावकले भने, ‘तर, हामीमाथि भएको अन्यायको सुनुवाई भएन।’

डिन जगदीशप्रसाद अग्रवालले ‘के मैले मेडिकल कलेज सञ्चालकलाई हत्कडी लगाउनु?’ भन्दै आफूहरुलाई थर्काएको गुनासो ती अभिभावकको छ।

डिन अग्रवालले ‘जिल्ला प्रशासन कार्यालयमा गएर निवेदन दिनु, हामी केही गर्न सक्दैनौं’ पनि भन्ने गरेका छन्। यस विषयमा डिन अग्रवालसँग प्रतिक्रिया लिन खोज्दा उनी बोल्नै मानेनन्।

‘अफिसमा आउनुस्, मिलाउनुपर्छ,’ उनले भने, ‘अफिसमै कुरा गरौं है!’ अग्रवालले अफिसमा मात्रै कुरा गर्न मिल्ने, फोनमा भन्न नमिल्ने विषय के हो, त्यो उनी आफै जानुन्। तर, विद्यार्थीलाई परेको मर्कामा सुनुवाई र अनुसन्धान गर्ने जिम्मेवारी उनीहरुकै हो।

त्रिवि उपकुलपति प्रा.डा. तीर्थ खनियाँ लालची स्वभावका रहेको त्रिविका उच्च पदाधिकारीहरुले नै बताउँछन्। ‘यहाँका समस्या समाधान गर्नेमा तीर्थ खनियाँको ध्यान जाँदैन, विशेषगरी पैसावाला कन्सलट्यान्सी सञ्चालकहरुका सेमिनारले खनियाँलाई आकर्षित गर्छ,’ ती पदाधिकारीले भने।

नेशनल मेडिकल कलेजका सञ्चालक खनियाँका हितैशी रहेकाले पनि कुनै कारबाहीको सम्भावना नरहेको ती पदाधिकारीको टिप्पणी छ। नेशनल मेडिकल कलेजको लुटमा तीर्थ खनियाँ, जगदीश अग्रवालहरुकै मिलेमतो उनकाे धारणा छ।

‘अफिसमा आउनुस्, मिलाउनुपर्छ,’ उनले भने, ‘अफिसमै कुरा गरौं है!’ अग्रवालले अफिसमा मात्रै कुरा गर्न मिल्ने, फोनमा भन्न नमिल्ने विषय के हो, त्यो उनी आफै जानुन्। तर, विद्यार्थीलाई परेको मर्कामा सुनुवाई र अनुसन्धान गर्ने जिम्मेवारी उनीहरुकै हो।


 

More form the Internet

loading...