Suvadin, Home
Nepal life 1.76M

नवलपरासीमा प्राकृतिक चिकित्सा र योगको अध्ययन गराइने

जसअन्तर्गत पहिलो चरणमा यसै वर्षबाट तीन वर्षो डिप्लोमा कोर्षका लागि सिटीइभिटीबाट सम्बन्धन लिइसकेकाले अध्यापन गराइने तयारी गरिएको सामुदायिक प्राकृतिक चिकित्सालयका व्यवस्थापक हरि प्रसाद सापकोटाले जानकारी दिए। २०७५ चैत महिनाबाट कक्षा सञ्चालनका लागि ४० जना विद्यार्थीलाई तीन वर्षे डिप्लोमा तहको प्राकृतिक चिकित्सा र योगसम्बन्धी अध्यापन गराइने तयारी गरिएको छ। त्यसका लागि पाठ्यक्रमसमेत तयार भइसकेको चिकित्सालयले जनाएको छ।

नवलपरासी, २३ साउन – पूर्वी नवलपरासीको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयले प्राकृतिक चिकित्सा र योग विषयमा अध्ययन–अध्यापन गराउने भएको छ। 

नेपालमै पहिलो पटक प्राकृतिक चिकित्सा र योग विषयमा तीन वर्षे डिप्लोमा कोर्ष र साढे पाँच वर्षे प्राकृतिक चिकित्सक अध्ययन–अध्यापन गराउने योजना बनाएको हो। 

जसअन्तर्गत पहिलो चरणमा यसै वर्षबाट तीन वर्षो डिप्लोमा कोर्षका लागि सिटीइभिटीबाट सम्बन्धन लिइसकेकाले अध्यापन गराइने तयारी गरिएको सामुदायिक प्राकृतिक चिकित्सालयका व्यवस्थापक हरि प्रसाद सापकोटाले जानकारी दिए। 

२०७५ चैत महिनाबाट कक्षा सञ्चालनका लागि ४० जना विद्यार्थीलाई तीन वर्षे डिप्लोमा तहको प्राकृतिक चिकित्सा र योगसम्बन्धी अध्यापन गराइने तयारी गरिएको छ। 

त्यसका लागि पाठ्यक्रमसमेत तयार भइसकेको चिकित्सालयले जनाएको छ। स्नातक तहको कार्यक्रम सञ्चालनसँगै नेपाल संस्कृत विश्वविद्यालयसँग सम्बन्धन लिएर प्राकृतिक चिकित्सासम्बन्धी मेडिकल कलेज सञ्चालनको समेत प्रक्रिया अघि बढाइने चिकित्सालयका अध्यक्ष सन्तबहादुर क्षेत्रीले बताए। 

यसअगावै राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले आयुर्वेद, प्राकृतिक चिकित्सा र योग विज्ञान विषयको पाठ्यक्रम विकासका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको थियो।


 

More form the Internet

loading...