Suvadin, Home

नेपाली विद्यार्थीकाे अद्वितीय सफलता
अन्तरिक्षकाे अध्ययन गर्न अमेरिका पुगिन् राेजिता

बाल्यकालदेखि नै तारा र अन्तरिक्षका बारेमा पढ्ने इच्छा भएको रोजिता बताउँछिन्। 'यो सबै सफलताकाे श्रेय मेरो हजुरबुवा नै हुनुहुन्छ,' बाल्यकाललाई सम्झिँदै उनले भनिन्, हजुरबुवा र म राति घर बाहिर निस्किएर आकाशमा देखिएका ताराका बारेमा कुरा गर्थ्यौं, त्यही नै मेराेलार्इ अध्ययनकाे पहिराे पाइला भयाे, पढ्न प्रेरित गर्यो।’
रोजिता बुद्धाचार्य।

काठमाडौं, साउन ३१ – समर इन्टर्नशीपमा पर्न सफल भएकी रोजिता बुद्धाचार्य अहिले संयुक्त राज्य अमेरिकाको बाल्टिमोरमा छिन्। विज्ञान विषय अध्ययन गर्ने विश्वभरिका ५ सय जना विद्यार्थीलाई पछि पार्दै रोजिना इन्टर्नशीपमा पर्न सफल भएकी हुन्।

रोजिता विज्ञानकी विद्यार्थी हुन्। काठमाडौंको ठमेलस्थित अमृत साइन्स क्याम्पसबाट भौतिकशास्त्रमा स्नानाकोत्तर सकेर अमेरिकाको बाल्टिमोर शहरमा पुगेकी हुन् उनी।

स्पेश टेलिस्कोप साइन्स इन्सिटिच्युटले हरेक वर्ष विश्वभरबाट समर इन्टर्नशीप गर्न १२ देखि १४ जना विद्यार्थीलाई छनोट गर्छ, रोजिता त्यसैमा पर्न सफल भएकी हुन्। इन्टर्नशीपमा छनोट भएका विद्यार्थीलाई अन्तरिक्ष विज्ञान तथा त्यससँग सम्बन्धित सफ्टवेयर विकासका बारेमा अध्ययन गराइन्छ। 

विश्वभरका ५ सयभन्दा बढी खगोलशास्त्र र कम्प्यूटर साइन्सका विद्यर्थीहरुले आवेदन दिएको उक्त इन्टर्नशीपमा रोजिता छनोट भएकी हुन्। 'यसमा छनोट हुन्छु भनेर मैले सपनामा समेत सोचेकी थिइनँ,' रोजिताले शुभदिनसँग भनिन्,‘यति धेरै प्रतिष्पर्धीलार्इ चुनाैती दिन सक्नु पनि एउटा ठूलाे सफलताकै रूपमा मैले लिएकी छु।'

रोजिता जुन १२ देखि अमेरिकामा अध्ययन गरिरहेकी छन्। अगष्ट १८ तारेखमा उनको इन्टर्नशीप सकिने छ। ‘म यहाँ आकाश गंगा र ब्ल्याक होलको जन्म र विकास क्रमसम्बन्धी अध्ययन गरिरहेकी छु,' उनले भनिन्। राेजिताले विद्यार्थीले अध्ययनकाे दायरा बढाउनु पर्ने र अन्तरिक्षका बारेमा धेरै अध्ययन अावश्यक पर्ने बताइन्।

स्पेश टेलिस्कोप साइन्स इन्सिटिच्युटले हरेक वर्ष विश्वभरबाट समर इन्टर्नशीप गर्न १२ देखि १४ जना विद्यार्थीलाई छनोट गर्छ, रोजिता त्यसैमा पर्न सफल भएकी हुन्। इन्टर्नशीपमा छनोट भएका विद्यार्थीलाई अन्तरिक्ष विज्ञान तथा त्यससँग सम्बन्धित सफ्टवेयर विकासका बारेमा अध्ययन गराइन्छ।

हप्ताको २ दिन विश्वभरका वैज्ञानिकहरुसँग अध्ययनकाे माैका मिल्छ।रोजिताले भनिन्, ‘अन्य दिनमा सुपरभाइजरको दिशानिर्देशमा अनुसन्धान गर्नु नै मेराे काम हो।’ बाल्यकालदेखि नै तारा र अन्तरिक्षका बारेमा पढ्ने इच्छा भएको रोजिता बताउँछिन्। 

'यो सबै सफलताकाे श्रेय मेरो हजुरबुवा नै हुनुहुन्छ,' बाल्यकाललाई सम्झिँदै उनले भनिन्, हजुरबुवा र म राति घर बाहिर निस्किएर आकाशमा देखिएका ताराका बारेमा कुरा गर्थ्यौं, त्यही नै मेराेलार्इ अध्ययनकाे पहिराे पाइला भयाे, पढ्न प्रेरित गर्यो।’

रोजिता विज्ञान विषयकाे अध्ययनमा मात्रै सीमित छैनन्। सञ्चार क्षेत्रमा समेत उनले हात हालेकी थिइन्। उनी नेपाल टेलिभिजनमा विज्ञानसम्बन्धी कार्यक्रम चलाउँदै आएकी थिइन्। 

विगत ५ वर्षदेखि नेपाल टेलिभिजनमा वीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्राहलयले उत्पादन गरिरहेको ‘आजको विज्ञान’ नामक पाक्षिक कार्यक्रमकी सञ्चालक रोजिता नै हुन्।

विज्ञान क्षेत्रलाई करियरको रुपमा अहिले अगाडि बढाइरहेकी उनले भनिन्, ‘मेरो लक्ष्य भनेको पिएचडी हो। इन्टर्नशीप सकेर नेपाल फर्किन्छु।' उनले समयले साथ दिएमा फेरि अमेरिका गएर अध्ययन गर्ने बताएकी छिन्।

रोजिताले साहित्यकार झमककुमार घिमिरेको कृतिमा आधारित ‘जीवन काँडाकी फूल’, इन दी रेड एण्ड ब्राउन, वाटर, थ्री पेन्नी ओपेरा, चारूमती हुँदै रविन्द्रनाथ ठाकुरको कथा ‘मालिनी’सम्म अध्ययन गरेकी छिन्।

अभिनय पनि गरिसकेकी छन्। यति मात्रै होइन, रोजिताले अर्को वर्ष सगरमाथा चढ्ने योजना बनाएकी छन्। विगत सात महिनादेखि सगरमाथा जानका लागि टिमको तयारीमा रोजिता लागेकी छिन्।


 

More form the Internet

loading...