Suvadin, Home

नेपकम्स अष्ट्रेलिया एजुकेशन फेयरः विद्यार्थीको उज्ज्वल भविष्यका लागि कोशेढुंगा

‘नेपकम्स अष्ट्रेलिया एजुकेशन फेयर नेपालबाट अष्ट्रेलिया गएर पढ्न चाहने विद्यार्थीहरूका लागि राम्रो अवसर हो’, श्रेष्ठले भनिन् – ’त्यसैले सहभागी भएर जानकारी दिनुसक्नु हुनेछ, साथै इच्छुक अभिभावकहरूले पनि कार्यक्रममा सहभागिता जनाउन सक्नु हुने छ। तपाईको उज्ज्वल भविष्यका लागि यो कार्यक्रम कोशेढुंगा सावित हुन सक्छ।’

काठमाडौं १ असोज – नेपकम्स एजुकेशन एण्ड भिजा सर्भिसेसको आयोजनामा काठमाडौं र कास्कीको पोखरामा बृहत शैक्षिक मेलाको आयोजना गर्ने भएको छ। नेपकम्सका प्रबन्ध निर्देशक सोवित श्रेष्ठका अनुसार काठमाडौं र पोखरामा ‘नेपकम्स अष्ट्रेलिया एजुकेशन फेयर’को आयोजना हुन लागेको हो।

श्रेष्ठका अनुसार असोज ४ गते बिहीबार पोखराको चिप्लेढुङ्गास्थित डी भिलेज रेष्टुरेन्टमा एजुकेशन फेयर हुँदैछ। त्यसैगरी, असोज ६ गते ९सेप्टेम्बर २२० का दिन काठमाडौंस्थित होटल अन्नपूर्णमा ‘नेपकम्स अष्ट्रेलिया एजुकेशन फेयर’ हुँदैछ। दुवै स्थानमा १० बजेबाट ४ बजेसम्म कार्यक्रम हुने उनले जनाएका छन्।

कार्यक्रममा २० वटाभन्दा धेरै अष्ट्रेलियाली कलेजका प्रतिनिधि सहभागी रहने श्रेष्ठले जनाएका छन्। विद्यार्थीसँग प्रत्यक्ष रुपमा संवाद गर्ने र त्यहाँको जनजीवन तथा अष्ट्रेलियाका विविध आयामका विषयमा अन्तरक्रिया हुने उनले उल्लेख गरे।

नेपकम्सकी  बिजिनेश डेभेलोप्मेन्ट मेनेजर सोनी श्रेष्ठका अनुसार एडुको, एक्सेल्सिया, केओआई एभिएलसी, आएचएनए, आइएएचएम, भिक्टोरिया विश्वविद्यालय, एपिआइसी, एआइबिटी, क्वीन्सफोर्ड लगायत ३० वटाभन्दा धेरै कलेजबाट प्रतिनिधिहरु एजुकेशन फेयरमा सहभागी हुन आउँदैछन्। 

‘नेपकम्स अष्ट्रेलिया एजुकेशन फेयर नेपालबाट अष्ट्रेलिया गएर पढ्न चाहने विद्यार्थीहरूका लागि राम्रो अवसर हो’, श्रेष्ठले भनिन् – ’त्यसैले सहभागी भएर जानकारी दिनुसक्नु हुनेछ, साथै इच्छुक अभिभावकहरूले पनि कार्यक्रममा सहभागिता जनाउन सक्नु हुने छ। तपाईको उज्ज्वल भविष्यका लागि यो कार्यक्रम कोशेढुंगा सावित हुन सक्छ।’


 

More form the Internet

loading...