Suvadin, Home

नेपकम्स अष्ट्रेलिया एजुकेशन फेयरमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता

श्रेष्ठका अनुसार पोखराको चिप्लेढुङ्गास्थित डी भिलेज रेष्टुरेन्ट र काठमाडौंस्थित होटल अन्नपूर्णमा ‘नेपकम्स अष्ट्रेलिया एजुकेशन फेयर’ भएको हो। कार्यक्रममा २० वटाभन्दा धेरै अष्ट्रेलियाली कलेजका प्रतिनिधि सहभागी रहेको श्रेष्ठले जनाएका छन्।

काठमाडाैं, १७ असोज – शैक्षिक क्षत्रमा निरन्तर सक्रिय नेपकम्स एजुकेशन एण्ड भिजा सर्भिसेसको आयोजनामा काठमाडौं र कास्कीको पोखरामा बृहत शैक्षिक मेलाको आयोजना गरेको छ। नेपकम्सका प्रबन्ध निर्देशक सोवित श्रेष्ठका अनुसार काठमाडौं र पोखरामा अायोजित ‘नेपकम्स अष्ट्रेलिया एजुकेशन फेयर’ मा सयाैं विद्यार्थीले उत्साहजनक रूपमा सहभागिता जनाएका छन्।

श्रेष्ठका अनुसार पोखराको चिप्लेढुङ्गास्थित डी भिलेज रेष्टुरेन्ट र काठमाडौंस्थित होटल अन्नपूर्णमा ‘नेपकम्स अष्ट्रेलिया एजुकेशन फेयर’ भएको हो। कार्यक्रममा २० वटाभन्दा धेरै अष्ट्रेलियाली कलेजका प्रतिनिधि सहभागी रहेको श्रेष्ठले जनाएका छन्। विद्यार्थीसँग प्रत्यक्ष रुपमा संवाद गर्ने र त्यहाँको जनजीवन तथा अष्ट्रेलियाका विविध आयामका विषयमा अन्तरक्रिया गर्ने अवसर विद्यार्थीलार्इ प्रदान गरिएको थियो।

नेपकम्सकी बिजिनेश डेभेलोप्मेन्ट मेनेजर सोनी श्रेष्ठका अनुसार एडुको, एक्सेल्सिया, केओआई एभिएलसी, आएचएनए, आइएएचएम, भिक्टोरिया विश्वविद्यालय, एपिआइसी, एआइबिटी, क्वीन्सफोर्ड लगायत ३० वटाभन्दा धेरै कलेजबाट प्रतिनिधिहरु एजुकेशन फेयरमा सहभागी भएका छन्।


 

More form the Internet

loading...