Suvadin, Home

नेपालकै पहिलो 'नेटवर्क आर्क ब्रिज', ट्राफिक जामको समस्या कम गर्न राहत

काठमाडौं सडक विस्तार आयोजनाका प्रवक्ता विश्व विजय लाल श्रेष्ठका अनुसार यो पुलमा अहिले आर्क ढलानको काम सकिएको छ। रेडिमिक्स कंक्रिट प्रविधिको प्रयोग गरी ढलानको काम सकिएको उनले जनाए। प्रवक्ता श्रेष्ठका अनुसार बानेश्वरबाट बिजुलीबजारतर्फ जाने साइडतर्फ पुल बन्नासाथ दशैँपछि बाट अर्कोतर्फ पनि पुल निर्माणको काम अघि बढाउने तयारी रहेको छ। तर, दाहिने तर्फको पुल बनाउन भने यति लामो समय नलाग्ने र करिब डेढ बर्षमै बन्ने उनको दाबी छ।
बिजुलीबजार स्थित बन्दै गरेको 'नेटवोर्क अार्क पुल'।

काठमाडौं, ५ असोज – काठमाडाैंको बिजुली बजारमा बन्दै गरेको नेपालकै पहिलो नेटवर्क आर्क ब्रिजको निर्माणको ८० प्रतिशत काम सकिएको छ। बानेश्वरको बिजुलीबजारमा धोबीखोलामाथि निर्माण भइरहेको पुलको निर्माण दशैँसम्म सक्ने लक्ष्यका साथ काम गरिएको हो। धोबीखोलामा बनिरहेको ६० मिटर लामो पुल १३ करोड १३ लाख ८५ हजार लगानीमा जेई कन्स्ट्रक्सनले निर्माणको काम लिएको छ।

काठमाडौं सडक विस्तार आयोजनाका प्रवक्ता विश्व विजय लाल श्रेष्ठका अनुसार यो पुलमा अहिले आर्क ढलानको काम सकिएको छ। रेडिमिक्स कंक्रिट प्रविधिको प्रयोग गरी ढलानको काम सकिएको उनले जनाए।

प्रवक्ता श्रेष्ठका अनुसार बानेश्वरबाट बिजुलीबजारतर्फ जाने साइडतर्फ पुल बन्नासाथ दशैँपछि बाट अर्कोतर्फ पनि पुल निर्माणको काम अघि बढाउने तयारी रहेको छ। तर, दाहिने तर्फको पुल बनाउन भने यति लामो समय नलाग्ने र करिब डेढ बर्षमै बन्ने उनको दाबी छ।

'देब्रे तर्फको काम गर्दा हामीले दुबै तिरको सबै समस्याहरु हटाइसकेका छौं, त्यसैले यो साइडमा छिटै बन्ने छ',श्रेष्ठले भने।

 

नेपालमा बनिरहेका पुलहरु भन्दा ‘नेटवर्क आर्क’ अहिले बिल्कुलै फरक प्रवधिको हो। यो आर्क अाकारमा नै हुने भएकाले देख्दा पनि निकै फरक र अाकर्षक खालको हुन्छ। 
यस्ता प्रविधिमा बिजुलीबजार र तिनकुनेमा अहिले रहेको पुलको दायाँ-बायाँ ४ वटा पुल बन्दैछन्।

पुल निर्माण भएपछि मुल सडकको दायाँ-बायाँको लेनबाट गुडेका सवारीले पुलको बीच लेनमा आउनुपर्ने छैन। माइतीघर-तीनकुने सडकखण्डका सर्भिस लेनहरु नयाँ पुलसँगै जोडिनेछन्। अहिले सर्भिस लेनमा आएका सवारी पनि पुल हुँदै वार-पार गर्छन् र पुनः मोडिएर सर्भिसलेनमा लैजानुपर्ने बाध्यतालाई अब बन्ने ४ वटा पुलले हटाइदिनेछ।

दुबै पुल निर्माण भएपछि बिजुलीबजार र नयाँ बानेश्वर क्षेत्रमा हुने ट्राफिक जामको समस्या पनि कम गर्न मद्दत पुग्ने अधिकारीहरू बताउँछन्।


 

More form the Internet

loading...