Suvadin, Home

टोखामा धनेश्वर स्वास्थ्य सेवा केन्द्र तथा पोलिक्निक सञ्चालन

लामो समयदेखि टोखामा बसोबास गर्दै आएका १५ चिकित्सक तथा परिचरको लगानीमा आजदेखि धनेश्वर स्वास्थ्य सेवा केन्द्र तथा धनेश्वर पोलिक्निक सञ्चालनमा ल्याइएको छ। नवनिर्मित स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर नगरपालिकाले चाँडै अस्पताल स्थापना गर्न लागेको जानकारी दिए। 
सांकेतिक तस्वीर

काठमाडौं, ६ जेठ – काठमाडौंको उत्तरी क्षेत्रका जनताको स्वास्थ्यलाई ध्यानमा राखेर टोखा नगरपालिका–३ मा धनेश्वर स्वास्थ्य सेवा केन्द्र तथा पोलिक्निक सञ्चालनमा आएको छ। 

लामो समयदेखि टोखामा बसोबास गर्दै आएका १५ चिकित्सक तथा परिचरको लगानीमा आजदेखि धनेश्वर स्वास्थ्य सेवा केन्द्र तथा धनेश्वर पोलिक्निक सञ्चालनमा ल्याइएको छ। नवनिर्मित स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर नगरपालिकाले चाँडै अस्पताल स्थापना गर्न लागेको जानकारी दिए। 

टोखा नगरपालिका–३ का वडाध्यक्ष सिंहराज श्रेष्ठले टोखाका जनताको स्वास्थ्यलाई ध्यानमा राखेर नगरपालिकाले घरदैलो स्वास्थ्य शिविर, महिलामा हुने पाठेघर अर्बुद रोगको उपचारलगायत काम गर्दै आएको बताए। 

२८ वर्षदेखि स्वास्थ्य सेवामा संलग्न डा.प्रदीप ज्ञवालीको सक्रियतामा बनेको सेवा केन्द्रमा वीर, त्रिवि शिक्षण र नेपाल प्रहरी अस्पतालका चिकित्सकले सेवा दिनेछन्। डा. ज्ञवालीले स्थानीयवासीको साथ र सहयोग पाएमा आगामी दिनमा धनेश्वरमा १ सय शैय्याको सुविधासम्पन्न अस्पताल बनाइने बताए। 

जनकल्याण सामाजिक केन्द्रका अध्यक्ष विकासकुमार दासले स्वास्थ्य सेवा केन्द्रको स्थापनासँगै चक्रपथभन्दा टाढा गएर स्वास्थ्योपचार गराउन नपर्ने हुँदा जनतालाई ठूलो राहत पुगेको बताए।

गँगबु, मनमैजु, बानियाँटार, धनेश्वर, साङ्ला, फुटुङ, टोखा, झोरलगायत क्षेत्रका जनतालाई सेवा दिने उद्देश्यले स्थापना भएको केन्द्रमा स्थापनाका अवसर पारेर आइतबार ४ सय जनाले निःशुल्क स्वास्थ्य जाँचसमेत गरेका छन्।


 

More form the Internet

loading...