Suvadin, Home

मोतीयाविन्दुको शल्यक्रिया भक्तपुरमा पनि

भक्तपुरकाे सल्लाघारीस्थित डा. इवामुरा मेमोरियल अस्पतालले आँखामा हुने मोतियाविन्दुको शल्यक्रियासहितको उपचार सेवा सुरु गरेको छ। 
फाइल फाेटाे।

काठमाडाैं, असार २३–भक्तपुरकाे सल्लाघारीस्थित डा. इवामुरा मेमोरियल अस्पतालले आँखामा हुने मोतियाविन्दुको शल्यक्रियासहितको उपचार सेवा सुरु गरेको छ। 

लायन्स क्लब डिस्ट्रिक ३२५ ए–२ का सहयोगमा अस्पतालले लायन्स आइ केयर एन्ड डाइबेटिज केयर सेन्टर नै सञ्चालन गरेर सेवा सुरु गरेको हो। भक्तपुरमा आँखा र मधुमेहका बिरामीको सङ्ख्या बढ्दै गएपछि यसको उपचारका लागि काठमाडौँका अस्पतालमा जानु नपरोस् भनेर स्थानीयस्तरमै सेवा लागिएको अस्पतालका निर्देशक रञ्जित मारिकुले जानकारी दिए। 

अस्पतालले सातै दिन बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म न्यून शुल्कमा सेवा दिएको छ। आँखाको मोतियाविन्दुको समेत शल्यक्रिया त्यहीँबाट हुने भएपछि यहाँका बिरामीलाई सहज हुने तथा मधुमेहका बिरामीका लागि मधुमेहको परीक्षण र परामर्श दिने सेवासमेत सञ्चालन गरिएको छ। 

भक्तपुरलाई मधुमेह रोगमुक्त जिल्ला बनाउने उद्देश्यले सेवा सुरु गरिएको बताउँदै उनले भक्तपुरमा आँखा रोगको शल्यक्रिया जिल्लामै पहिलो पटक सञ्चालन गरिएको जिकिर गरे। रासस 
 


 

More form the Internet

loading...