Suvadin, Home
Nepal Telecom 1.213M

एचआईभीविरुद्धकाे सचेतनामा क्रियाशिल निर्मला पौडेल
साहसबाट मिलेको जीवन

सम्झिदा आँखा रसाउँछ, जीवन एउटा खेल जस्तो रहेछ। त्यो समय र अहिले कस्तो भएको छ। सवैभन्दा भन्दा ठूलो कुरा समय हाे ,समयले कति ठाउँमा लडायो,कति ठाउँमा रुवायो बिगतलाई निर्मला पौडेलले सम्झिदै भनिन्–‘अन्धकार लाग्थ्यो जीवन तर आज केही उज्यालोको घेराहरु देख्दैछु जीवनमा।’
लुम्विनी प्लसकी अध्यक्ष निर्मला पाैडेल।

काठमाडौं, असोज २६ –सम्झिदा आँखा रसाउँछ, जीवन एउटा खेल जस्तो रहेछ। त्यो समय र अहिले कस्तो भएको छ। सवैभन्दा भन्दा ठूलो कुरा समय हाे, समयले कति ठाउँमा लडायो, कति ठाउँमा रुवायो बिगतलाई निर्मला पौडेलले सम्झिदै भनिन्–‘अन्धकार लाग्थ्यो जीवन तर आज केही उज्यालोको घेराहरु देख्दैछु जीवनमा।’

नवलपरासी–३ गैडाकोटमा २०३९ सालमा निर्मला पौडेलको जन्म भएको हो। गैडाकोटको ढोडेनीमा हाँस्दै खेल्दै निर्मलाको बाल्यकाल वित्यो। १४ वर्षको बलिलो उमेरमा नै गैडाकोटका एकनाथ पौडेलसँग विवाह भयो।

विद्यालय जान पढ्न रहर हुँदाहुँदै पनि परिवारको दवावमा बाल्यकालमै निर्मला विवाह गर्न बाध्य भइन्।  विवाहपछि उनले हरेक दिनजस्तो श्रीमानबाट हिंसा, कुटपिट र ज्यादती सहनुपर्यो। आर्थिक अवस्था कमजोर भएका कारण विवाहपछि निर्मलाका श्रीमान् रोजगारीका लागि भारत जान बाध्य भए।

रोजगारीका लागि भारत भएपनि घर आउने र जानेक्रम जारी थियो। रोजगार गदैं गर्दा बिरामी भएपछि घर फर्किए। निर्मलाका श्रीमान घर आएपछि लगातार विरामी पर्न थाले। स्थानीय मेडिकलदेखि अस्पतालमा उपचार गर्दा समेत निको भएन।

तर, एकनाथको रोग बीसको उन्नाईस समेत भएन।अस्पतालमा डाक्टरको सल्लाहपछि रगत परिक्षण गर्दा निर्मलाका श्रीमानलाई एचआईभी एड्स देखियो।

 

रगत परिक्षण गरेपनि निर्मलामा एचआईभी पोजेटिभ देखियो। रगतमा एचआईभी पोजेटिभ देखिएपछि मेरो आँखामा निरन्तर आँसु आईरहे, कति दिन रोएरै नै विताएको निर्मलाले बताइन्।

 

श्रीमानलाई एचआईभी भएको थाहा भएपछि म छाँगाबाट खसे जस्तो भए निर्मलाले भनिन्।‘डाक्टरको सल्लाह अनुसार मैले भरतपुरको सरकारी अस्पतालमा रगत परिक्षण गरे’, उनले भनिन् ‘ मेरो रगतमा एचआईभीको भाइरस देखिएन, फेरी नीजि मेडिकलमा रगत परिक्षण गरे।’

सरकारी अस्पताल र नीजि मेडिकलमा रगत परिक्षण गर्दा एचआईमी नदेखिएपछि आफु धेरै खुसी भएको निर्मला बताउँछिन्। तर निर्मलाको खुसी लामो समयसम्म टिक्न सकेन। लामो समयपछि निर्मला काठमाडौंको टेकुमा रगत परिक्षण गर्न आइन्।

रगत परिक्षण गरेपनि निर्मलामा एचआईभी पोजेटिभ देखियो। रगतमा एचआईभी पोजेटिभ देखिएपछि मेरो आँखामा निरन्तर आँसु आईरहे, कति दिन रोएरै नै विताएको निर्मलाले बताइन्।

सानैमा उमेरमा विवाह गरेकी निर्मलाका श्रीमानको विवाह गरेको २ वर्षमै एचआईभीका कारण मृत्यु हुन पुग्यो। विवाह गरेको २ वर्षमै श्रीमानको पीडा र १६ वर्षको कलिलो उमेरमा एचआईमी संक्रमित भएर भोग्नु परेको दुख एकपछि अर्को निर्मला माथि थुपारिदै गयो।

घर, टोल छिमेक, माईती सबैतिर उनलाई बाटो बन्द थियो। घरमा बस्न नदिएर उनलाई गोठमा बस्न दिएका थिए। विगतमा परिवार, समाज तथा स्वास्थ्यकर्मीहरुले एचआईभी संक्रमित प्रति गर्ने भेदभावलाई पछाडि फर्केर हेर्दा काल्पनिक जस्तै लाग्ने गरेको निर्मला बताउँछिन्।

एचआईभी संक्रमित भएकै कारण स्वास्थ्यकर्मीले समेत निर्मला माथि भेदभाव गरेको थियो। सुत्केरी गराउन जाँदा अस्पतालमा डाक्टरहरुले गरेको व्यवहार र अस्पतालबाट एचआईभी भएकै कारण निकालिएको क्षण सम्झदा मन भक्कानिने गरेको उनले बताइन्।

आफू संक्रमित हुँदा डाक्टरले गरेको व्यवहार अरु संक्रमितहरुले भोग्नु नरोस् भनेर छोरालाई संक्रमितको उपचार गर्न सक्ने बनाउने निर्मलाले बताइन्।

 

 

यति मात्रै पीडा दिइएन, निर्मलालाई घर परिवारले समेत छुट्टै विस्तरा, भाँडाकुँडा, छिमेकीले समेत पीडा दिएको थियो। ‘अहिले मैले मरेर नयाँ निर्मलाको रुपमा जन्मे जस्तो लाग्छ,’ निर्मलाले भनिन्, ‘विगतका पीडा, १६ वर्षको उमेरमा एचआईभी संक्रमित भएको थाहा हुँदा, श्रीमानको मृत्यु पछि भोग्नु परेको समस्या अनि एकल महिला, १६ महिनाको छोरा गर्भमा हुँदा परिवार र समाजको व्यवहार सम्झदा आँखा रसाउँछ।’

निर्मला अहिले एचआईभीको क्षेत्रमा ‘लुम्विनी प्लस’ नामक सामाजिक संस्थाको अध्यक्षका रुपमा काम गरिरहेकी छिन्। निर्मलासँग एउटा छोरा छन् जुन कक्षा १९ मा अध्ययरत छन्। आफू सक्रमित भए पनि छोरा सक्रमित नभएको र आफूले छोरालाई राम्रो शिक्षादिक्षा दिइ डाक्टर बनाउने निर्मलाको लक्ष्य छ।

आफू संक्रमित हुँदा डाक्टरले गरेको व्यवहार अरु संक्रमितहरुले भोग्नु नरोस् भनेर छोरालाई संक्रमितको उपचार गर्न सक्ने बनाउने निर्मलाले बताइन्।

आगामि दिनमा संक्रमित वालवालिका ,तथा प्रभावित बालवालिकाहरुको लागि पुर्नस्थापना केन्द्र खोली संक्रमित बालवालिकाको आमाको रुपमा काम गर्ने योजना रहेको बताउँछिन्। निर्मलालाई एचआईभी भएको १६ वर्ष वितिसकेको छ भने अझै संक्रमितको जीवन रक्षाका लागि सहयोग गर्दै आईरहेकी छिन्।

२०५६ साल मा ‘त्रि–नेत्र नेपाल’ बाट शुरु भएको यात्रा  माईती नेपालमा परामर्शकर्ता, सक्रिय समूह चितवनको संस्थापक अध्यक्ष, राष्ट्रिय एचआईभी एड्स महासंघको केन्द्रीय उपाध्यक्ष भएर काम गरेको अनुभव निर्मलामा छ। हाल लुम्बिनी प्लसमा अध्यक्ष रहेकी छिन्। अहिले निर्मलाका दिनहरु संक्रमितहरुको सहयोग र उपचारमा वित्ने गर्छन्।

एचआईभीको क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप निर्मला २०५९ मा थाइल्याण्डमा एचआईभी संक्रमितहरुको सञ्जाल मार्फत सम्मान, २०६०, २०६१, २०६६, २०६८ र २०६९ सालमा विभिन्न संघ सस्थाबाट सम्मानित समेत बनिसकेकी छिन्। उनको जीवनम आधारित ‘द निर्मला’ सचेतना मूलक नेपाली चलचित्र समेत निर्माण भएको छ। 


 


 

More form the Internet

loading...