Suvadin, Home

१० दिनदेखि अनशनरत दुई नर्सले तोडेअनशन, यस्तो छ सहमति

काठमाडौं । सरकारी अस्पतालमा पाइने सबै सुविधा सरह सेवा उपलब्ध गराइनुपर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा हुने सम्मेलनमा नर्सहरूलाई सहभागी हुने मौका दिनुपर्नेलगायतका माग राखेर १० दिनदेखि अनशनरत दुई जना नर्सले अनसशन तोडेका छन् । 

भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका नर्स र अस्पताल प्रशासनबीच १० बुँदे सहमति भएपछि  १० दिनदेखि आमरण अनसनमा बसेका नर्सद्‍वय दिक्की शेर्पा र जिता बरालले आतबार राति अनशन तोडेका हुन् । 

उनीहरुको स्वास्थ्य अवस्था निकै कमजोर भएको र सरकारले वास्ता नगरेको भन्दै चौतर्फी दबाब भएपछि आज १० बुँदे सहमति भएको हो । नेपाल नर्सिङ संघकी अध्यक्ष तारा पोखरेलले भनिन्, "सहमतीको पहिलो र मुख्य बुँदा भनेको लोकसेवाको परीक्षा पछि केन्द्रमा कार्यरत नर्सहरुको सेवामा निरन्तरता पाउने कि नपाउने भन्ने विषय थियो । त्यसमा केन्द्र प्रशासनले कार्यरत नर्सका लागि सेवा निरन्तरता दिने गरी सहमति गरेको छ ।" अब लोक सेवाको परीक्षामा असफल भएपनि कार्यरत नर्सहरुलाई विस्तारित सेवामा खटाइनेछ र रोजगारीमा निरन्तरता पाउने उनले बताइन् ।

केन्द्रमा करारमा रहेका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई स्थायी गर्न स्वास्थ्य मन्त्रालयबाट प्राप्त नियमावलीको आधारमा सुरुमा प्राविधिक तर्फका पदहरुको विज्ञापन गरी परीक्षा सञ्चालन गर्न र प्रशासन तर्फको विज्ञापन तथा परीक्षाको लागि सम्बन्धित नियकालाई अनुरोध गर्ने, केन्द्रका लागि आवश्यक विभागहरु आइसियु तथा युरोलोजीमा लोक सेवा आयोगको परीक्षा सञ्चालन हुनु अगावै स्थापना गरी सेवा विस्तार गर्ने त्यसपछि कार्डियोलोजी, हेपाटोलाजी विभागलाई पनि क्रमिक रुपमा स्थापना गर्दै जानेलगायत १० बँदे सहमति भएको  छ ।

प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र आन्दोलनरत नर्सका तर्फबाट रविता सितिखु, प्रविना कार्की र सजना देउलाबीच जिल्ला प्रशासन कार्यालय भक्तपुरमा १० बुँदे सहमति भएको हो।

भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी दिलिप लामिछाने, नेपाल नर्सिङ संघकी अध्यक्ष तारा पोखरेल र नेपाल शेर्पा महिला संघकी अध्यक्ष ङिमी शेर्पाको रोहवरमा सहमति भएको हो।

दुई पक्षबीच केन्द्रमा करारमा रहेका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई स्थायी गर्न स्वास्थ्य मन्त्रालयबाट प्राप्त नियमावलीको आधारमा सुरुमा प्राविधिक तर्फका पदहरुको विज्ञापन गरी परीक्षा सञ्चालन गर्न र प्रशासन तर्फको विज्ञापन तथा परीक्षाको लागि सम्बन्धित नियकालाई अनुरोध गर्ने, केन्द्रका लागि आवश्यक विभागहरु आइसियु तथा युरोलोजीमा लोक सेवा आयोगको परीक्षा सञ्चालन हुनु अगावै स्थापना गरी सेवा विस्तार गर्ने त्यसपछि कार्डियोलोजी, हेपाटोलाजी विभागलाई पनि क्रमिक रुपमा स्थापना गर्दै जाने। प्राविधिक तथा प्रशासनिक तर्फको परीक्षामा उमेर लगायत अन्य कुनै कारणले करारमा रहेका स्वास्थ्यकर्मी तथा कर्मचारीले नियुक्ती नपाएमा विस्तारित विभागहरुमा खाईपाई आएको करार नियुक्तीलाई निरन्तरता दिने लगायतका सहमति भएको छ।

पटक पटक आन्दोलन र धर्ना बस्दा समेत समस्या समाधान गर्न नर्सिङ संघ र अस्पताल प्रशासनले पहल नगरेको भन्दै गत शुक्रबारबाट संघ र अस्पताल परिसरमा नर्सहरुले आमरण अनसन सुरु गरेकी थिइन् ।


 

More form the Internet

loading...