Suvadin, Home

बृद्धाको विलाप, ‘अल्लाह, मलाई पनि लैजाऊ’

‘मेरो यो संसारमा अब कोही छैन्, म एक्लै र भोकै छु,’ जनकपुर उपमहानगरपालिका–१६ कपिलेश्वरकी नबुदिनी खातुनले बिलाप गरिन, ‘छोराछोरी, नातिनातिनी सबै अकाल मृत्युको चपेटामा परे। अल्लाहले म जस्तीलाई किन न बोलाएको?’

हिमांशु चौधरी जनकपुरधाम, पुस २२


‘मेरो यो संसारमा अब कोही छैन्, म एक्लै र भोकै छु,’ जनकपुर उपमहानगरपालिका–१६ कपिलेश्वरकी नबुदिनी खातुनले बिलाप गरिन, ‘छोराछोरी, नातिनातिनी सबै अकाल मृत्युको चपेटामा परे। अल्लाहले म जस्तीलाई किन न बोलाएको?’

घर परिवार सबै सखाप भएपछि नबुदिनीले जीवनबाट हरेस खाएकी हुन। उनले जीउने चाहना छोडिसकिन। शीतलहरको मौसममा पनि सुतलीको बोरा ओढेर बाँचिरहेकी खातुनको जग्गा जमिन छैन । परिवारका कोही सदस्य छैनन् । छोरी, ज्वाइँ, नातिनीको पनि अल्पआयुमै मृत्यु हुँदा उनी विछिप्त जस्तै बनेकी छन्।

जीवनको भार सहन गर्न नसकिरहेकी खातुन मृत्युका लागि अल्लाहलाई गुहार्दै दिनचर्या बिताउन बाध्य छिन्। ‘श्रीमान् पनि करिब तीन वर्ष अघि बिते, छोरी र ज्वाइँ जसोतसो मलाई खुवाउथे । उनीहरुको पनि अल्पायुमै मृत्यु भयो,’ उनले भनिन्।

उनी जसोतसो अरुबाट मागेर खानाको जोहो गर्छिन्। कहिलेकाहीँ  त चार–चार दिनसम्म भोकै सुत्नुपरेको गुनासो गरिन्। ‘अल्लाहलाई मृत्युको लागि गुहारिरहेको छु, तर अल्लाह पनि ममाथि रिसाएको जस्तो छ,’ रुँदै भनिन्।

महिनाथपुर घर भएकी खातुनलाई गरिबीले सताएपछि छोरी र ज्वाइँ कपिलेश्वरले उनलाई कमलापथ ल्याए। उनी अहिले सार्वजनिक जग्गामा सानो झुपडीको सहारामा जीवनयापन गरिरहेकी छन्।

खातुन शुक्रबार मस्जिद बाहिर बसेर भिख माग्छिन्। सबैले दिदैनन्। केही मनकारीले दिएको खाना र ५/१० रुपैयाले गर्जो टार्छिन्। कतिपयले माग्न बसेको भन्दै हप्काउँछन्। सधैको यस्तो पीडाले जीवनबाटै थाकिसकेको उनले बताइन्।

जाडोमा परालमाथि बोरा ओढेर जाडो छलिरहेकी खातुनलाई हेर्न अहिलेसम्म कुनै संघ-संस्था वा सरोकारवाला निकाय आएका छैनन्। उनले सबैसँग सहयोगको आग्रह गरिन्। ‘जाडो छल्न गाह्रो भएको छ, पराल ओछ्याएकी छु, तर ओढ्नका लागि मोटो कपडा नभएर कठ्याङ्ग्रिएर रात काट्न बाध्य छु,’ उनले दु:खेसो पोखिन्। रासस


 

More form the Internet

loading...