Suvadin, Home

Cover Image

अाेया अपर्च्युनिटिजकाे उत्प्रेरणा अभियान
विद्यार्थीलार्इ उद्यमशील बनाउन सक्रिय पार्शु, खगेन्द्र र फिराेज

ओयाले फेसबुक र इमेलमार्फत् परामर्श पनि दिइरहेको छ। तर, सेवा  निःशुल्क रहेको सिइओ अर्यालले बताइन्। ‘ओया नाफामुखी संस्था होइन, हाम्रो लक्ष्य विद्यार्थीकाे सेवा हो,' उनले भनिन्, 'अहिलेसम्म निःशुक सेवा प्रदान गरिरहेका छौं।'
ओया अपर्च्युनिटिज ओयाकी प्रमुख कार्यकारी अधिकृत सिइओ पार्शु अर्याल।

काठमाडाैं, भदाै ३० – अहिले उच्च शिक्षा अध्ययन गर्नका लागि विदेश जाने लहर नै चलिरहेकाे छ। तर, अध्ययनका लागि पाइने छात्रवृत्तिबारे थोरै विद्यार्थीलाई मात्र जानकारी हुन्छ।

यतिसम्मकी नेपालकै विश्वविद्यालय तथा अन्य क्याम्पसहरूले प्रदान गर्ने छात्रवृत्तिका बारेमा जानकारी नपाउँदा कयौं विद्यार्थी महँगो शुल्क तिरेर पढिरहेका छन्। त्यति मात्रै होइन, कयौं विद्यार्थी उच्च शिक्षाका लागि आवश्यक पर्ने अन्य जानकारी कहाँ र कसरी पाइन्छ भन्ने विषयमा अनविज्ञ नै हुन्छन्।

२१औं शताब्दीकाे प्रविधियुक्त युगमा विश्व नै एउटा घरसरह भइरहेका बेला नेपालमा कयौं विद्यार्थीले आवश्यक परामर्श एवम् जानकारी नपाइने गरेको तितो यथार्थ हामीमाँझ छ।

तर, राजधानीमा एउटा यस्तो युवा समूह छ, जुन समूह विद्यार्थीका यी र यस्तै समस्या समाधान एवम् परामर्शका लागि तल्लीन छ। जसकाे नाम हाे, स्टार्ट–अप (उद्यम) ओया अपर्च्युनिटिज।

ओयाकी प्रमुख कार्यकारी अधिकृत सिइओ पार्शु अर्याल ‘ओया अपर्च्युनिटिज'ले कलेज तथा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई विश्वभरबाट पाइने छात्रवृत्ति, फेलोशीप, इन्टर्न्सिप, कन्फ्रेन्सका बारेमा जानकारी दिने गरेको बताउँछिन्।  स्थापना भएको एक वर्षभित्रै विश्वका ३९ देशमा शाखा स्थापना भएको उनले बताइन्। 

ओयाकी प्रमुख कार्यकारी अधिकृत सिइओ पार्शु अर्याल ‘ओया अपर्च्युनिटिज'ले कलेज तथा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई विश्वभरबाट पाइने छात्रवृत्ति, फेलोशीप, इन्टर्न्सिप, कन्फ्रेन्सका बारेमा जानकारी दिने गरेको बताउँछिन्।

सन् २०१५ मा म्यासाच्युसेट्स् इन्सिट्च्युट अफ टेक्नाेलोजी (एमआइटी) अध्ययन गर्दा खगेन्द्र आचार्यले ‘ओया अपर्च्युनिटिज’को शुरुवात गरेका थिए। पार्शु सिइओ अर्याल हुन् भने चिफ टेक्निकल अफिसरका रुपमा फिरोज घिमिरे कार्यरत छन्।

चेन यु तुङले हङकङ, ताइवान र चीनको शाखा हेरिरहेकी छिन्, निसरिन असाका मोडल युनाइटेड नेशनकाे चिफ एडिटरको भूमिका निभाइरहेकी छिन्।

‘वेबसाइट, फेसबुक पेजसँग आठ वटा फेसबुक ग्रुपबाट जानकारी दिने गरेका छौं।’

१० हजार डलरको पुरस्कार

ओया अपर्च्युनिटिज स्थापनाको एक वर्षमै अमेरिकाको ’क्लिन्टन ग्लोबल इनिसिएटिभ’बाट सम्मानित भइसकेको छ। ओया १० हजार डलर (१० लाख ३८ हजार आठ सय रुपैयाँ)बाट सम्मानित भएको हो।

क्लिन्टन ग्लोबल इनिसिएटिभले विश्वभरबाट प्राप्त स्टार्ट–अप मध्येबाट ‘ओया अपर्च्युनिटिज’लाई  छनौट गरेको सिइओ पार्शु अर्यालले बताइँन्।

संयुक्त राज्य अमेरिकास्थित क्लिन्टन ग्लोबल इनिसिएटिभले हरेक वर्ष विश्वभरबाट स्टार्ट–अपमा संलग्नहरुबाट आवेदन आह्वान गर्छ। शिक्षा, युवा, नेतृत्व, सशक्तीकरण लगायत विभिन्न विधामा उत्कृष्ट हुनेलाई पुरस्कृत गर्छ। जसमध्ये हरेक वर्ष शिक्षामा विश्वका तीन वटा स्टार्ट–अपलाई पुरस्कृत गर्छ। 

‘हामीले दिएको जानकारीबाट कयौं विद्यार्थीले छात्रवृत्तिमा पढ्न पाएका छन्।'

अवसरको सदुपयोग होस्ः पार्शु

ओयाको मुख्य उद्देश्य हो –कलेज तथा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई विश्वभरबाट पाइने छात्रवृत्ति, फेलोसिप, इन्टर्न्सिप, कन्फ्रेन्सबारे जानकारी दिने। ओयाले ती जानकारी वेबसाइटबाट मात्र दिएको छैन,सामाजिक सञ्जाल फेसबुकको भरपुर उपयोग गरेको छ।

‘नेपालमा डाइरेक्ट वेबसाइट सर्च गरेर इन्फरमेशन लिने प्रचलन अझै विकशित भइसकेको छैन, त्यही भएर हामीले फेसबुकलाई बढी जोड दिएका छौं,’ सिइओ अर्याल भन्छिन्, ‘वेबसाइट, फेसबुक पेजसँग आठ वटा फेसबुक ग्रुपबाट जानकारी दिने गरेका छौं।’

नेपालका कयौं विद्यार्थी अहिले विदेशमा छन्। तर, उनीहरूलाई आफू बसिरहेको देशको कुन ठाउँमा कन्फ्रेन्स भइरहेको छ भनेर थाहा हुँदैन। छात्रवृत्तिबारे पनि अनविज्ञ नै हुन्छन्।

ओयाको वेबसाइट सर्च गरेर विद्यार्थीले ती जानकारी लिन सक्ने छन्। फेसबुकमा पनि जोडिएर आफूलाई आवश्यक परामर्शसम्म लिन पनि सक्छन्। ‘नेपाली विद्यार्थी कन्लट्यान्सीमार्फत् विदेशमा गइरहेका हुन्छन्।

'तर, उनीहरूलाई छात्रवृत्तिबारे थाहा हुँदैन,’ अर्यालले शुभदिनसँग भन्छिन्, ‘हामीले दिएको जानकारीबाट कयौं विद्यार्थीले छात्रवृत्तिमा पढ्न पाएका छन्, थुप्रै अवसर पनि पाएका छन्।'

विद्यार्थीले प्रविधिको सदुपयोग गरेर परामर्शसँग आवश्यक जानकारी लिन सकुन् भन्ने आफूहरूको उद्देश्य रहेको अर्यालले जनाएकी छिन्।

‘ओया स्कूलमार्फत कम्प्यूटर शिक्षा, प्रविधिसम्बन्धी जानकारी दिने लक्ष्य रहेको छ।'

ओया कलेजकाे अवधारणा

ओयाको अबको योजना हाे –ओया स्कूल। ‘ओया स्कूलमार्फत कम्प्यूटर शिक्षा, प्रविधिसम्बन्धी जानकारी दिने लक्ष्य रहेको छ,’ आगामी योजना सुनाउँदै अर्यालले भनिन्, ‘यसले गर्दा विद्यालय तहमा रहका विद्यार्थीले पनि प्रविधिको ज्ञान लिन सक्ने छन्।

ओयाले अहिले ‘ओया कलेज’ पनि सञ्चालन गरिरहेको छ। जुन अनलाइन साइट हो। ओया कलेज अनलाइन साइट’मा मुलुक बाहिरका मुख्य कलेजको शुल्क, छात्रवृत्ति कति पाउन सकिन्छ। कसरी आवेदन दिन सकिन्छ भनेर जानकारी दिने गरेको उनले बताइन्।

ओयाले फेसबुक र इमेलमार्फत् परामर्श पनि दिइरहेको छ। तर, सेवा  निःशुल्क रहेको सिइओ अर्यालले बताइन्। ‘ओया नाफामुखी संस्था होइन, हाम्रो लक्ष्य विद्यार्थीकाे सेवा हो,' उनले भनिन्, 'अहिलेसम्म निःशुक सेवा प्रदान गरिरहेका छौं।'

अर्याल मात्र होइन, उनको टिम दैनिक रुपमा ओयामा खटिरहन्छ। इमेल रिप्लार्इ गर्ने, फेसबुकमार्फत् परामर्श दिने र विश्वविद्यालय, क्याम्पसको छात्रवृत्ति बारेको सूचना सम्प्रेशण गर्नमै उनीहरु व्यस्त रहन्छ।

'समाजका लागि पनि केही गर्नुपर्छ भन्ने साेचेर नै सामाजिक सेवामा लागेकी हुँ।’

सेवामा रमाइरहेकी पार्शु

अहिले पढेलेखेका प्रायः युवा विदेशतिर छन्। पढ्न होस् वा रोजगारीका लागि नेपाली युवाको नियति नै बनिसक्यो, विदेश। रहर होइन, बाध्यताले नै विदेशिनेहरुकाे लहर बढ्दाे छ।

तर, राजधानीमै जन्मि-हुर्किएकी  पार्शु पनि उद्यमशीलताकाे विकासमा रमाइरहेकी छन्। आफू जस्तै नेपाली विद्यार्थीलाई परामर्श दिनमा उनी गर्व महसुस गर्छिन्।

उनी भन्छिन्, ‘ओयामार्फत् हामीले दिएको सूचनाले बाह्य मुलुकको कलेजमा छात्रवृत्ति पाएँ भनेर इमेल र अन्य माध्यमबाट जानकारी आउँदा खुसीको सीमा रहँदैन, युवाका लागि केही गर्नुपर्छ भन्ने टिमको सोच हो।’ 

जागिर आफ्ना लागि मात्र हुने अर्यालकाे धारणा छ। उनले भनिन्, ‘आफ्ना लागि मात्रै होइन, समाजका लागि पनि केही गर्नुपर्छ भन्ने साेचेर नै सामाजिक सेवामा लागेकी हुँ।’

तीन जनाले शुरु गरेको ओया अहिले ३९ देशमा फैलिएको छ। खगेन्द्र, पार्शु र फिरोज प्लस टू पढ्दादेखिका साथी हुन्। पार्शुको बाल्यावस्था काठमाडौंमा बित्यो। पार्शुका बुवा केशव अर्याल इञ्जिनियर हुन्। अामा प्रतिभा अर्याल गृहणी हुन्। भाइ कनिष्क अर्याल हुन्।


 

More form the Internet

loading...