Suvadin, Home

यी हुन काठमाडाैंमा बढी शुल्क असुल्ने निजी विद्यालयहरू

ललितपुरको जेम्स, युलेन्स, रातो बङ्गाला, काठमाडौँको ग्यालेक्सी, भिएस, साउथ वेष्टर्न, जेभियर्स, बाबा, एपेक्स, सिद्धार्थ वनस्थली, फ्लोरोसेन्ट र भक्तपुरको मातृभूमीलगायत विद्यालयको लेखा शाखामा तालाबन्दी गरिएको छ।

काठमाडाैं, अषाढ ८- अखिल (क्रान्तिकारी) ले शिक्षा मन्त्रालयसँगको सहमतिअनुसार बढी शुल्क फिर्ता नगर्ने काठमाडौँ उपत्यकाका विभिन्न ३३ निजी (संस्थागत) विद्यालयको लेखा शाखामा बिहीबार तालाबन्दी गरेको छ । 

गत जेठ १५ गते मन्त्रालय र संयुक्त विद्यार्थी आन्दोनलका प्रतिनिधिबीच तोकिएको मापदण्डभन्दा बढी शुल्क लिने विद्यालयबाट १५ दिनभित्र फिर्ता गराउने सहमति भएपनि हालसम्म कार्यान्वयन नभएकाले पुनः तालाबन्दी गरिएको सो सङ्गठनका सचिवालय सदस्य विपी चौलागाईँले जानकारी दिए। 

ललितपुरको जेम्स, युलेन्स, रातो बङ्गाला, काठमाडौँको ग्यालेक्सी, भिएस, साउथ वेष्टर्न, जेभियर्स, बाबा, एपेक्स, सिद्धार्थ वनस्थली, फ्लोरोसेन्ट र भक्तपुरको मातृभूमीलगायत विद्यालयको लेखा शाखामा तालाबन्दी गरिएको छ। रासस 


 

More form the Internet

loading...