Suvadin, Home

सोनिकाले मसँग एक रुपैयाँ पनि लिएकि छैनन् : पारस 

पछिल्लो समयमा विभिन्न सञ्चारमाध्यममा पूर्वयुवराज पारस शाह र युट्युबर सोनिका रोकायकाको विषयमा विभिन्न टिकाटिप्पणी आइरहेका छन् ।

काठमाडौं । पछिल्लो समयमा विभिन्न सञ्चारमाध्यममा पूर्वयुवराज पारस शाह र युट्युबर सोनिका रोकायकाको विषयमा विभिन्न टिकाटिप्पणी आइरहेका छन् ।

पूर्वयुवराज शाह पछिल्लो समय सोनिकासँग नजिकिएका छन् । त्यसैले उनीहरूको विषयमा बेला बेलामा विभिन्न कुरा आइरहेका हुन्छन् ।

यससँगै पूर्वयुवराज शाहसँग सोनिकाले पैसा लिएको चर्चा चल्ने गरेको छ । तर, यसलाई पूर्वयुवराज शाहले अस्वीकार गरेका छन् । 

सामाजिक सञ्जालमार्फत फेसबुकमा स्टाटस लेख्दै पूर्वयुवराज शाहले उक्त कुरा अस्वीकार गरेका हुन् । सोनिकाले एक रुपैयाँ पनि आफूसँग नलिएको उनले बताएका छन् ।

सोनिका राम्री युवती रहेकी भन्दै उनले पैसा लिएकोभन्दै गसिप नबाउन आग्रह समेत गरेका छन् । सोनिकाको निमन्त्रणमा उनको कार्यक्रममा आफू जाने गरेको पारसको भनाइ छ ।


 

More form the Internet

loading...