Suvadin, Home

सनराइज विद्यालयले रोप्यो एकसय विरुवा 

वृक्षारोपणले वातावरणको सुन्दरतामा वृद्धि गर्नुका साथै समुदायको स्वच्छता वृद्धि गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै गाउपालिका अध्यक्ष थारुले यो कार्यको सिको अन्य विद्यालयले र संघसंस्थाहरुले गर्न जरुरी रहेको बताए।

–लाेक देउबा

कैलाली, २३ फागुन – बर्दगोरिया गाउपालिका–१ बौनियास्थित द सनराईज ईङ्गलिस बोर्डिङ्ग माध्यमिक विद्यालयको प्राङ्गणमा बिहीबार विभिन्न प्रजातिका करिब एकसय बिरुवा रोपिएको छ।

विद्यालयका प्रिन्सिपल अजय मल्लको अध्यक्षतामा भएको कार्यक्रमलाई बर्दगोरिया गाउपालिका अध्यक्ष वलिराम डगौरा थारुले बिरुवा रोप्दै उद्घाटन गरे।

विद्यालयको हातामा निर्मित बाल उद्यानमा विद्यालयले हरेक वर्ष गर्दैआईरहेको एक फरक कार्यको निरन्तरता स्वरुप यो वर्ष वृक्षारोपण गरिएको विद्यालयका प्रिन्सिपल मल्लले बताए।

वृक्षारोपणले वातावरणको सुन्दरतामा वृद्धि गर्नुका साथै समुदायको स्वच्छता वृद्धि गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै गाउपालिका अध्यक्ष थारुले यो कार्यको सिको अन्य विद्यालयले र संघसंस्थाहरुले गर्न जरुरी रहेको बताए।

सो अवसरमा इलाका प्रहरी कार्यालय बौनियाका प्रमुख, शसस्त्र प्रहरी अस्थायी वेस क्याम्प बौनियाका प्रमुखसंगै बर्दगोरिया गाउपालिका शिक्षा शाखा प्रमुख निरिक्षक नन्द लाल कर्ण, असाहयका लागि सहयोगि हातहरु नेपाल बौनियाका प्रमुख बल बहादुर बिष्टसंगै पत्रकारहरुको सहभागिता रहेको थियो।


 

More form the Internet

loading...