Suvadin, Home

तराईका तीन जिल्लाका बालबालिका पोलियो थोपा खान पाएनन्

सरकारले तराई सहित १५ जिल्लामा सुरु गरेको पोलियो थोपा खुवाउने कार्यक्रम अन्तर्गत तीन जिल्लामा कार्यक्रम  प्रभावित भएको छ। बाल स्वास्थ्य महाशाखाका खोप अधिकृत भरत भण्डारीका अनुसार सप्तरी पर्सा र रौतहट जिल्लामा आन्दोलनरत अहेवहरूको अवरोधका कारण पोलियो थोपा खुवाउने कार्यक्रम प्रभावित भएको हो।

काठमाडौं, फागुन २२ - सरकारले तराई सहित १५ जिल्लामा सुरु गरेको पोलियो थोपा खुवाउने कार्यक्रम अन्तर्गत तीन जिल्लामा कार्यक्रम  प्रभावित भएको छ। बाल स्वास्थ्य महाशाखाका खोप अधिकृत भरत भण्डारीका अनुसार सप्तरी पर्सा र रौतहट जिल्लामा आन्दोलनरत अहेवहरूको अवरोधका कारण पोलियो थोपा खुवाउने कार्यक्रम प्रभावित भएको हो।

प्रभावित जिल्लामा फागुन २५ र २६ गते पोलियो थोपा खुवाइने कार्यक्रम रहेको उनले जानकारी दिएका छन्।फागुन २१ र २२ गतेदेखी १५ जिल्लामा पोलियो थोपा खुवाउने कार्यक्रम सुरू गरिएको हो। पोलियो थोपा खुवाउने कार्यक्रम अवरोध गर्ने अहेवलाई कारर्वाही गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

विश्व स्वास्थ्य संगठनको विशेष कार्यक्रम अन्तर्गत कैलाली, बर्दिया, बाँके, कपिलवस्तु, पर्सा, बारा, रौतहट, धनुषा, महोत्तरी, सप्तरी, सिराहा, सुनसरी, काठमाडौं, भक्तपुर र ललितपुरसहित १५ जिल्लामा पोलियो थोपा खुवाउने कार्यक्रम सञ्चालन गरिएको हो।१५ जिल्लामा करीब १६ लाख बालवालिकालाई पोलियो थोपा खुवाउने लक्ष्य रहेको छ।


 

More form the Internet

loading...