Suvadin, Home
Nepal life 1.248M

विकास निर्माणको बहानामा सर्वसाधारणलाई सास्ती दिनु हुँदैनः प्रकाशमान सिंह

योजना बारे प्रसट उलेख गरि बोर्ड राख्नु पर्ने भए पनि गुपचुप काम गर्ने पद्धतीले पारदर्शिता नभएको उनले बताएका छन्। काठमाडौंका सडक निमार्णमा नै यस्ताे ढिलासुस्ती भइरहेकाे बेला उपत्यका बाहिरका सडक र विकास निर्माण के भएको होला भन्ने बिषयमा उनले प्रश्न गरेका हुन्।

काठमाडाैं, फागुन २८ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सडकसहित विकास आयोजनाहरू कति समयमा सम्पन्न हुने हो भनेर स्पष्ट लेख्नुपर्ने बताएका छन्।

योजना बारे प्रसट उलेख गरि बोर्ड राख्नु पर्ने भए पनि गुपचुप काम गर्ने पद्धतीले पारदर्शिता नभएको उनले बताएका छन्। काठमाडौंका सडक निमार्णमा नै यस्ताे ढिलासुस्ती भइरहेकाे बेला उपत्यका बाहिरका सडक र विकास निर्माण के भएको होला भन्ने बिषयमा उनले प्रश्न गरेका हुन्।

कांग्रेस नेता सिंहले काठमाडौं क्षेत्र नम्बर–१ का जनप्रतिनिधि र उपभोक्ताहरूलाई लिएर सडक डिभिजन कार्यालय पुगेर जिम्मेवारीका साथ काम गर्न दबाब दिएका हुन्।

सोमबार बिहान सडक डिभिजन कार्यालय नयाँ बानेश्वरमा दलबलसहित पुगेका नेता सिंहले विकास निर्माणको नाममा सरकारी निकायहरूले जथाभावी भत्काउने र खन्ने गर्नाले सर्वसाधारणलाई ठूलो समस्या परेको बताएका छन्। उनले सरकारी निकायबीच समन्वय गरेर विकासका निर्माण हुनुपर्ने बताएका हुन्।

काठमाडौंका मर्मतका लागि खनेको धेरै भइसक्यो अहिलेसम्म मर्मत नभएको भन्दै कांग्रेस नेता सिंहले आक्रोश व्यक्त गरेका छन्। ‘नियममा रहेको कुरा पनि सरकारी कर्मचारी गर्दैनन्’, कांग्रेस नेता सिंहले भने, ‘सडक भत्काउँदा वा विकास निर्माणका आयोजनाहरू सुरु हुँदा कति मितिदेखि कुन मितिमा सम्पन्न हुने हो साइनबोर्डमा लेखेर राख्नुपर्छ।

अन्यथा उपभोक्ता र जनप्रतिनिधिहरूले अबदेखि त्यसको हिसावकिता खोज्ने छन्।’ नेता सिंहले भने, ‘सडकले बाटो भत्काउँछ। ढलले पनि बाटो खन्छ। खानेपानीले पनि बाटो भत्काउँछ। सबैले खान्ने तर मर्मत सम्भार र काम नगर्ने परम्पराले जनता आजित भएका छन्। अबदेखि यस्तो लापरबाही गर्न पाइँदैन।’


 

More form the Internet

loading...