Suvadin, Home

मानसिक सन्तुलन गुमाएकी एक सुत्केरी महिलालार्इ उपचारका लागि काठमाडाैं लगियो

बच्चा जन्माइरहेको, रगताम्य र बच्चाको नाल नकाटिएको अवस्थामा फेला परेकी उक्त महिलालाई उद्धार गरी बच्चा र आमाको जिल्ला अस्पतालमा उपचार गरिएको छ। अस्पतालमा बच्चा र आमा दुवैको उपचार भएकोमा बच्चाको अवस्था राम्रो रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेट डा. अनन्तकुमार शर्माले जानकारी दिए। 
सांकेतिक तस्वीर

नवलपरासी, ८ असोज–  पश्चिम नवलपरासीको परासीमा बच्चासहित फेला परेकी एक सुत्केरीलाई उपचारका लागि काठमाडाैं पठाइएको छ। रामग्राम नगरपालिकाले उपचार खर्चको व्यवस्थापन गर्ने गरी मानसिक सन्तुलन गुमाएकी उक्त महिलालाई आवश्यक उपचारका लागि काठमाडाैं पठाएको हो।

सुत्केरीको मानसिक अवस्था राम्रो नभएकाले रामग्राम नगरपालिकाको सहयोगमा कोसिस नेपाल नामक संस्थाले उपचारका लागि काठमाडौं लगेको नगरपालिकाका प्रमुख नरेन्द्रप्रसाद गुप्ताले बताए। 

बच्चा जन्माइरहेको, रगताम्य र बच्चाको नाल नकाटिएको अवस्थामा फेला परेकी उक्त महिलालाई उद्धार गरी बच्चा र आमाको जिल्ला अस्पतालमा उपचार गरिएको छ। अस्पतालमा बच्चा र आमा दुवैको उपचार भएकोमा बच्चाको अवस्था राम्रो रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेट डा. अनन्तकुमार शर्माले जानकारी दिए। 

महिलालाई मानसिक सन्तुलनको उपचार गर्न ३ महीनाका लागि राजधानी पठाइएको नगर उपप्रमुख रम्भा कुँवरले बताए। ३ महीनाको उपचार खर्च नगरपालिकाले व्यहोरेको छ। बच्चालाई भने अहिले अस्पतालमा राखिएको छ। अस्पतालका स्वास्थ्यकर्मीले बच्चाको रेखदेख गर्दै आएको र बच्चाकाे स्वथ्य अवस्था राम्रो रहेको डा. शर्माले बताए। 
 


 

More form the Internet

loading...