Suvadin, Home

शिक्षामा लगानी, बालुवामा पानी
अबका केही वर्षमा सामुदायिक विद्यालयमा प्राथमिक तह नै नरहने खतरा

वर्षेनी करोडौं रुपैयाँ लगानी भइरहेको प्राथमिक तहमा विद्यार्थी भर्नादर घट्दै जानु चिन्ताको विषय रहेको सरोकारवालाहरूको धारणा छ। शैक्षिकसत्र २०७० मा जिल्लाभरि प्राथमिक तहमा ४६ हजार विद्यार्थी भर्ना भएकोमा २०७४ सम्म आइपुग्दा उक्त संख्यामा १४ हजारले कमी आएको छ। जिल्ला शिक्षा कार्यालय कञ्चनपुरका विद्यालय निरीक्षक राजेन्द्र भट्टले शैक्षिकसत्र ०७४ मा ३२ हजार विद्यार्थी समुदायिक विद्यालयमा भर्ना भएको बताएका छन्।
कञ्चनपुरको एक सामुदायिक विद्यालय।

मदन गिरी, महेन्द्रनगर, १६ जेठ – कञ्चनपुरका सामुदायिक विद्यालयको माध्यामिक तहमा विद्यार्थी संख्या बढिरहेको बेला प्राथमिक तहमा चिन्ताजनक रुपले विद्यार्थी संख्या घट्दै गएको पाइएको छ।

जिल्ला शिक्षा कार्यालय कञ्चनपुरको तथ्यांक अनुसार सामुदायिक विद्यालयको १ देखि ५ कक्षासम्ममा ठूलो संख्यामा वर्षैपिच्छे विद्यार्थी घट्दै गइरहेको छ। 

वर्षेनी करोडौं रुपैयाँ लगानी भइरहेको प्राथमिक तहमा विद्यार्थी भर्नादर घट्दै जानु चिन्ताको विषय रहेको सरोकारवालाहरूको धारणा छ। शैक्षिकसत्र २०७० मा जिल्लाभरि प्राथमिक तहमा ४६ हजार विद्यार्थी भर्ना भएकोमा २०७४ सम्म आइपुग्दा उक्त संख्यामा १४ हजारले कमी आएको छ।

जिल्ला शिक्षा कार्यालय कञ्चनपुरका विद्यालय निरीक्षक राजेन्द्र भट्टले शैक्षिकसत्र ०७४ मा ३२ हजार विद्यार्थी समुदायिक विद्यालयमा भर्ना भएको बताएका छन्। उनका अनुसार शैक्षिकसत्र २०७१ मा ४१ हजार ५ सय ५८, ०७२ मा ३९ हजार १ सय ७५ र ०७३ मा ३६ हजार आठ सय ८२ विद्यार्थी भर्ना भएका छन्। 

अभिभावकले आफ्ना बालबालिका तल्लो कक्षामा निजी विद्यालयमा पढाउँदा अाधार बलियो हुन्छ भन्ने मान्यताले प्राथमिक तहमा विद्यार्थी घटेको विद्यालय निरीक्षक भट्टको भनाई छ।

उनले आर्थिक अवस्था कमजोर भएका अभिभावकहरुले पनि सानो कक्षामा निजी विद्यालयमा नै छोराछोरी पढाउने गरेका छन्। तल्लो कक्षामा विद्यार्थी घटे पनि माथिल्लो कक्षामा विद्यार्थी बढी रहेको उनको भनाई छ। 

भट्टका अनुसार शैक्षिकसत्र ०७० मा १४ हजार तीन सय २८ विद्यार्थी भर्ना भएकोमा ०७२ मा १७ हजार चार सय १५ विद्यार्थी भर्ना भएका थिए। त्यसैगरी, शैक्षिकसत्र ०७५ मा १७ हजार सात सय ३९ विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना भएका छन्।  यस शैक्षिकसत्रमा २० हजार  पाँच सय ८७ विद्यार्थी भर्ना भएका  छन्। 

सरकारले सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई मात्र उच्च शिक्षामा छात्रवृत्ति र आरक्षण दिने नीति अंगालेपछि त्यसको असर यहाँका सामुदायिक विद्यालयमा पनि पर्न थालेको हो।

विद्यालय निरीक्षक भट्टले सामुदायिक विद्यालयबाट एसइई पास गरेका विद्यार्थीलाई  सरकारले उच्च शिक्षामा सहुलियत दिन थालेपछि माथिल्ला कक्षामा विद्यार्थी बढ्दै गइरहेको बताएका छन्।

कञ्चनपुरमा ९६ हजार विद्यार्थी भर्ना

कञ्चनपुरमा चालु शैक्षिकसत्रमा  ९६ हजार सात सय ४४ विद्यार्थी भर्ना भएका छन्। जिल्ला शिक्षा कार्यालयक कञ्चनपुरको प्रारम्भिक तथ्यांकअनुसार शैक्षिकसत्र ०७५ मा निजी तथा सरकारी गरी उक्त संख्यामा विद्यार्थी भर्ना भएका हुन्।

शिक्षा कार्यालय कञ्चनपुरका विद्यायल निरीक्षक राजेन्द्र भट्टका अनुसार प्राथमिक तहमा ४८ हजार सात सय ८२, माध्यमिक तहमा ३० हजार ५१ विद्यार्थी विद्यालय भर्ना भएका छन्। जसमा सबैभन्दा बढी कक्षा ५ मा १० हजार एक सय ५३ र सबैभन्दा कम कक्षा १० मा आठ हजार चार सय ६७ विद्यार्थी भर्ना भएका छन्।

भट्टले शिक्षा विभागलाई वैशाखभित्रमा विद्यार्थीको तथ्यांक पठाउनु पर्ने भएकाले प्रारम्भिक तथ्यांक संकलन गरिएको बताए। साथै एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली अन्तर्गत विस्तृत विरवरण आउन केही समय लाग्ने उनले बताएका छन्।


 

More form the Internet

loading...