Suvadin, Home

शुल्क वृद्धिको विरोध गर्दै शंकरदेव क्याम्पसमा तालाबन्दी 

संगठनले क्याम्पस प्रसाशनले विधार्थीले पढ्न नसक्ने गरि शुल्क वृद्धि गरेको आरोप लगाउँदै ज्ञापन पत्र बझाउँदै क्याम्पसमा तालाबन्दी गरेको हो। क्याम्पस प्रशासनले पठनपाठन १० प्रतिशतले शुल्क वृद्धि गरेको छ। शुल्क वृद्धिको निर्णय गरे लगत्तै क्याम्पस प्रसाशन प्रमुख ‘फरार’ भएको आरोप लगाएका छन्।

काठमाडाैं, ४ असोज – नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट दुइ बिधार्थी संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारी विद्यार्थी संगठनले शुल्क वृद्धिको विरोध गर्दै शंकरदेव क्याम्पसमा तालाबन्दी गरेको छ।

संगठनले क्याम्पस प्रसाशनले विधार्थीले पढ्न नसक्ने गरि शुल्क वृद्धि गरेको आरोप लगाउँदै ज्ञापन पत्र बझाउँदै क्याम्पसमा तालाबन्दी गरेको हो।

क्याम्पस प्रशासनले पठनपाठन १० प्रतिशतले शुल्क वृद्धि गरेको छ। शुल्क वृद्धिको निर्णय गरे लगत्तै क्याम्पस प्रसाशन प्रमुख ‘फरार’ भएको आरोप लगाएका छन्।

विद्यार्थी संगठनहरुले शान्तिपूर्ण ढंगले राखेको मागलाई बेवास्था गरेका कारण क्याम्पसमा तालाबन्दी गर्दै आन्दोलनमा उत्रिएको अखिल क्रान्तिकारीका अध्यक्ष मदन ढकालले जानकारी दिए।
 


 

More form the Internet

loading...