Suvadin, Home

प्यूठानमा ९९ घर निर्माण हुने

सहरी विकास तथा भवन निर्माण विभागले प्यूठानमा जनता आवास कार्यक्रमअन्तर्गत ९९ वटा घर निर्माण गर्ने भएको छ। जिल्लाका फोप्ली, अर्खा, पूजाँ, रजवारालगायत क्षेत्रमा विभागले जनता आवासअन्तर्गत ती घर निर्माण भएको हो। सहरी विकास तथा भवन निर्माण विभागद्वारा निर्माण हुने जनता आवास कार्यक्रमअन्तर्गत दलित समुदायका फोप्लीमा २६, अर्खामा २० र पूजामा १० वटा घर निर्माण गरिने डिभिजन प्रमुख ईश्वर जोशीले जानकारी दिएका छन्।
धुर्मुस-सुन्तली फाउण्डेसनले महाेत्तरीमा निर्माण गरेकाे नमूना वस्ती।

प्यूठान, चैत २४ – सहरी विकास तथा भवन निर्माण विभागले प्यूठानमा जनता आवास कार्यक्रमअन्तर्गत ९९ वटा घर निर्माण गर्ने भएको छ।

जिल्लाका फोप्ली, अर्खा, पूजाँ, रजवारालगायत क्षेत्रमा विभागले जनता आवासअन्तर्गत ती घर निर्माण भएको हो।

नारिकोट, ओखरकोटलगायत क्षेत्रमा दलित समुदायका लागि ७२ वटा घर निर्माण गरिनेछ। घर निर्माणका लागि प्रक्रिया सुरु भइसकेको छ। 

सहरी विकास तथा भवन निर्माण विभागद्वारा निर्माण हुने जनता आवास कार्यक्रमअन्तर्गत दलित समुदायका फोप्लीमा २६, अर्खामा २० र पूजामा १० वटा घर निर्माण गरिने डिभिजन प्रमुख ईश्वर जोशीले जानकारी दिएका छन्।

दलित समुदाय जनता आवास कार्यक्रमअन्तर्गत रजवारामा छ तथा नारीकोट र ओखरकोटमा पाँच–पाँचवटा घर निर्माण गरिने छ। 

त्यस्तै, जनता आवास कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न ठाउँमा वादी तथा गन्धर्व समुदायका लागि बाङ्गेसालमा १२ र रस्पुरकोटमा १५ वटा घर निर्माण गरिने जोशीले बताएका छन्।


 

More form the Internet

loading...