Suvadin, Home

१५ दिनभित्र रानीपोखरी पुनर्निर्माणको टुङ्गो लगाइने

महानगर प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा पुनः निर्माण प्राधिकरण र पुरातत्व विभागका पदाधिकारीको संयुक्त बैठकले मल्लकालीन स्वरुप र शैलीअनुरुप नै निर्माण गर्ने निणर्य गरेको हो।

काठमाडौं, १३ पुस – पुरातात्विक सम्पदा रानीपोखरीलाई प्रताप मल्लकालीन शैली, स्वरुप र निर्माण सामग्री प्रयोग गरी पुनर्निर्माण गरीने भएको छ।

महानगर प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा पुनः निर्माण प्राधिकरण र पुरातत्व विभागका पदाधिकारीको संयुक्त बैठकले मल्लकालीन स्वरुप र शैलीअनुरुप नै निर्माण गर्ने निणर्य गरेको हो।

सीमा मिचेर काठमाडौं महानगरपालिकाले गरिरहेको रानीपोखरीको पुनर्निर्माण स्थानीय बासिन्दा र पुरातत्वविद् र सम्पदाप्रेमीहरुले विरोध जनाउँदै आएका थिए।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले रानीपोखरीमा पानी अड्याउनका लागि भन्दै पोखरीमा सिमेन्टेड वाल उठाएका थिए। यसै समस्यालाई मध्यनजर गर्दै रानीपोखरी पुनर्निर्माणबारे बैठक राखेका काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले बताएकी छन्।

बैठकमा १५ दिनभित्र रानीपोखरी पुनर्निर्माणको टुङ्गो लगाउने छलफल भएको काठमाडौं महानगरपालिकाले जनाएको छ। बैठकले पोखरी पुनः निर्माणका लागि अध्ययन गरी १५ दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्न पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ। 

आज बसेको समितिको प्रतिवेदन पेश भई अर्को निर्णय नआउँदासम्मका लागि पुनःनिर्माणको काम नहुने पनि कामपाका प्रमुख शाक्यले जानकारी दिएका छन्। 

बैठकमा काठमाडौं महानगरपालिकामा मेयरको अध्यक्षतामा महानगरकी उपमेयर हरिप्रभा खड्गी, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मधुसूदन अधिकारीबीच छलफल भएको थियो।


 

More form the Internet

loading...