Suvadin, Home
Nepal life 1.22M

काष्ठमण्डप पुनर्निर्माणको काम शुरु

पर्यटकहरूको मुख्य अाकर्षणमा रहेको काष्ठमण्डपको बल्ल ३ वर्षपछि पुनर्निर्माणको काम शुरु भएको छ। वि. सं २०७१ साल वैशाख १२ मा गएको भूकम्पका कारण ढलेको काष्ठमण्डपको सोमबारबाट निर्माण शुरु भएको हो। सोमबार बिहान पर्यटन मन्त्री रबिन्द्र अधिकारीको उपस्थितिमा क्षमा पूजा गरेसँगै यसको निर्माण शरु गरिएको हो।

काठमाडौं, ३१ वैशाख – विनाशकारी भुकम्प गएको ३ वर्ष बतिसक्दा पनि भुकम्पले सम्पदाहरूमा पुर्याएको क्षेतिको निकास हुन सकेको छैन्। त्यही भुकम्पले लथालिङ्ग बनाएको विश्व सम्पदामा सूचिकृत हनुमानढोका दरबार क्षेत्रमा रहेको काष्ठमण्डप कुरूप अवस्थामै छ।

पर्यटकहरूको मुख्य अाकर्षणमा रहेको काष्ठमण्डपको बल्ल ३ वर्षपछि पुनर्निर्माणको काम शुरु भएको छ। वि. सं २०७१ साल वैशाख १२ मा गएको भूकम्पका कारण ढलेको काष्ठमण्डपको सोमबारबाट निर्माण शुरु भएको हो। सोमबार बिहान पर्यटन मन्त्री रबिन्द्र अधिकारीको उपस्थितिमा क्षमा पूजा गरेसँगै यसको निर्माण शरु गरिएको हो।

काठमाडौं महानगरपालिकाले यसको निर्माण अघि बढाउन लागेको र निर्माणको जिम्मा स्थानीय सहयोग समितिलाई दिइएको छ। उक्त स्थानिय समितिले निर्माणका लागि आवश्यक सहयोग रकम जुटाउनेदेखि निर्माणको कामसमेत अघि बढाउनेछ।

पुरातत्व विभागकाअनुसार यसको पुनर्निर्माणका लागि झन्डै १९ करोड लाग्नेछ। नियमित रुपमा काम अघि बढ्ने हो भने आगामी २ वर्षभित्र यसको निर्माण सम्पन्न हुनेछ।


 

More form the Internet

loading...