Suvadin, Home
Citizen Bank 421.9k

Cover Image

सबै सरकारी चिकित्सकले राजीनामा दिने

सरकारी चिकित्सक संघका अध्यक्ष डा दीपेन्द्र पाण्डेले माग पूरा नगरे अब सरकारी सेवामा बसिरहनुको कुनै औचित्य नभएको बताए।कर्मचारी समायोजन अध्यादेशमा स्थानीय तहको अधिकृतभन्दा तल्लो स्तरमा चिकित्सकलाई राखेको भन्दै उनले आठौं, नवौं तहका चिकित्सक छैटौं, सातौं तहका अधिकृतको मातहतमा बसेर काम गर्न नसक्ने बताए ।

काठमाडौं,३० फागुन-आफ्ना माग पूरा नहुने भएपछि सरकारी चिकित्सकले सेवाबाटै राजीनामा दिने धम्की दिएका छन्।केही समयदेखी धर्ना, जुलुसदेखी  सेवा बन्दसम्मका आन्दोलन गर्दा पनि चिकित्सकको मागलाई सरकारले सम्बोधन नगरेपछि उनीहरूले राजीनामा दिने तयारी गरेका हुन्।

सरकारी चिकित्सक संघका अध्यक्ष डा दीपेन्द्र पाण्डेले माग पूरा नगरे अब सरकारी सेवामा बसिरहनुको कुनै औचित्य नभएको बताए।कर्मचारी समायोजन अध्यादेशमा स्थानीय तहको अधिकृतभन्दा तल्लो स्तरमा चिकित्सकलाई राखेको भन्दै उनले आठौं, नवौं तहका चिकित्सक छैटौं, सातौं तहका अधिकृतको मातहतमा बसेर काम गर्न नसक्ने बताए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले अब बन्ने संघीय निजामती सेवा ऐनबाट स्वास्थ्यकर्मीलगायत चिकित्सकका विषयलाई सम्बोधन गर्ने गरी समायोजनको प्रक्रियालाई अगाडि बढाइने जानकारी दिए।सचिव थपलियाले चिकित्सकले उठाएको विषय कर्मचारी समायोजन अध्यादेशभन्दा बाहिरको विषय भएकाले तत्काल उनीहरूको मागका सम्बन्धमा आफूले कुनै निर्णय लिन नसक्ने प्रष्ट पारे।
 


 

More form the Internet

loading...