Suvadin, Home

तम्घास-सिमलटारी-प्युठान सडक
दुई वर्षभित्र कालोपत्रे सम्पन्न हुने

गुल्मी क्षेत्र नं. ३ को मुख्य मार्ग तम्घास–सिमलटारी–पुर्कोटदह हुँदै प्युठान जोड्ने सडक स्तरोन्नतिको धमाधम भइरहेको छ। क्षेत्र नं. ३ को मुख्य मार्गको रुपमा रहेको तम्घास–सिमलटारी–पुर्कोटदह सडक खण्डमा अहिले ग्राभेलिङको काम भइरहेको छ। कालिका प्यासेफिक ज्वाइन्ट भेन्चरले अहिले पहिलो चरणमा तम्घासदेखि १३ किलोमिटर चौरासीसम्म कालोपत्रे र ग्राभेलको काम गरिरहेको छ भने चौरासीदेखि सिमलटारी हुँदै भुजुङगेसम्म सडक स्तरोउन्नतिका साथै सडक फराकिलो र ग्राभेलको काम भइरहेको छ।
स्तरोन्नति भइरहेको तम्घास-सिमलटारी-प्युठान सडक। तस्बिर : विकाश/शुभदिन

बुटवल, चैत ३० - गुल्मी क्षेत्र नं. ३ को मुख्य मार्ग तम्घास–सिमलटारी–पुर्कोटदह हुँदै प्युठान जोड्ने सडक स्तरोन्नतिको धमाधम भइरहेको छ। क्षेत्र नं. ३ को मुख्य मार्गको रुपमा रहेको तम्घास–सिमलटारी–पुर्कोटदह सडक खण्डमा अहिले ग्राभेलिङको काम भइरहेको छ।

कालिका प्यासेफिक ज्वाइन्ट भेन्चरले अहिले पहिलो चरणमा तम्घासदेखि १३ किलोमिटर चौरासीसम्म कालोपत्रे र ग्राभेलको काम गरिरहेको छ भने चौरासीदेखि सिमलटारी हुँदै भुजुङगेसम्म सडक स्तरोउन्नतिका साथै सडक फराकिलो र ग्राभेलको काम भइरहेको छ।

०७०/०७१ मा तत्कालीन पाल्पा डिभिजन सडक कार्यालयबाट टेण्डर स्वीकृत भएपछि कालिका कम्पनीले पहिलो चरणमा २१ किलोमिटर चौरासीमध्ये ८ किलोमिटर छल्दी पनाहसम्म कालोपत्रे र बाँकी १३ किलोमिटरको ग्राभेल गर्नेगरी ठेक्का स्वीकृत पाएको तम्घास सिमलटारी, प्युठान सडक आयोजनाका इन्जिनियर अच्युत पन्तले जानकारी दिए। अहिलेसम्म सडकको करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको बताइएको छ।

तम्घासदेखि एक किलोमिटर अर्खलेसम्म अहिले कालोपत्रेका लागि सानो गिट्टी बिछ्याउने काम भइरहेको र चालु आर्थिक वर्षभित्रै छल्दी पनाहसम्म कालोपत्रे गरिने गरी काम भइरहेको ईन्जिनियर पन्तको भनाइ छ। कालिका प्यासेफिक ज्वाइन्ट भेञ्चरले तम्घासदेखि चौरासीसम्म १९ करोड, चौरासीदेखि भजुङ्गेसम्म १३ करोड रुपैयाँको लागतमा सडक स्तरोन्नति गर्नेछ। त्यससँगै भुजुङ्गेदेखि प्युठान जोड्ने सडकको स्तरोन्नति एसबिए प्यासेफिक रामेछापले १६ करोडको ठेक्का पाएको छ।

नमूना सडकको रुपमा लिइएको उक्त सडक ग्राभेल ७ मिटर, वेष कोर्ष ७ मिटर र ६ मिटरमा कालोपत्रे हुने चौरासी–भुजुङगे खण्डका सव ओभरसिएर गोपाल पौडेलले जानकारी दिए। सडकमा अहिले वेस कोर्षको काम भइरहेको छ ।

नाकाबन्दीको समयमा समेत सडक स्तरोन्नतिको काम नरोकिएको भन्दै निर्माण कम्पनीले काम गर्नका लागि बजेटको अभावसमेत नभएको बताएको छ। गुल्मी क्षेत्र नं. ३ का सांसद गोकर्ण विष्टको पहलमा निर्माण आरम्भ भएको सडक स्तरोन्नतिको कामका लागि सुरूको चरणमा ४० करोड बजेट विनियोजित भएको थियो। क्षेत्र नं. ३ का सांसद गोकर्ण विष्टले कालोपत्रे निर्माण सम्पन्न गर्न करिब ८० करोड बढी लाग्ने बताए।

निर्वाचनको समयमा जनतासामु गरेको बाचा अनुसार तम्घास–प्युठान सडकमा कालोपत्रे काम आफूबाट पहल भएर अगाडि बढेको भन्दै सांसद विष्टले जनतासामु गरेको बाचा आफूले पूरा गरेको बताए।

तानसेनदेखि तम्घाससम्मको सडकभन्दा दोब्बर फराकिलो हुने उक्त सडकको गुणस्तरीय कामका लागि प्रमुख जिल्ला अधिकारी रहने गरी अनुगमन समिति समेत गठन गरिएको बताइएको छ।


 

More form the Internet

loading...