Suvadin, Home

Cover Image

जलवायु परिवर्तनबारे भिडियो प्रविधिद्वारा कक्षा सञ्चालन

प्राध्यापक थोमसनले भिडियोको माध्यमबाट यही पुस २४ देखि आगामी वैशाख १० गतेसम्म विद्यार्थीलाई २९ वटा कक्षा अध्ययन गराउनेछन्। सो कक्षामा विद्यार्थीले प्राध्यापक थोमसनसँग प्रत्यक्ष सवालजवाफसमेत गर्नेछन्।

काठमाडौं, २५ पुस - त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागले भिडियो प्रविधिको माध्यमबाट जलवायु परिवर्तनबारे कक्षा सञ्चालन गरेको छ।

विभागले अमेरिकाको बहाइयो स्टेट युनिभर्सिटीका प्रा लोनी जी थोमसनबाट जलवायु परिवर्तनका विषयमा कक्षा सञ्चालन गर्ने व्यवस्था गरेको छ।

केन्द्रीय विभागले मौसम र जलवायु परिवर्तनका बारेमा विद्यार्थीलाई अन्तर्राष्ट्रिय शैक्षिक अनुभव दिन भिडियो प्रविधिबाट कक्षा सञ्चालन गरेको विभागका प्रमुख डा दीपक अर्यालले जानकारी दिए। 

उनका अनुसार प्राध्यापक थोमसनले भिडियोको माध्यमबाट यही पुस २४ देखि आगामी वैशाख १० गतेसम्म विद्यार्थीलाई २९ वटा कक्षा अध्ययन गराउनेछन्। सो कक्षामा विद्यार्थीले प्राध्यापक थोमसनसँग प्रत्यक्ष सवालजवाफसमेत गर्नेछन्।

त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले विश्वका महत्वपूर्ण प्राध्यापकसँग प्रविधिको प्रयोगबाट कक्षा सञ्चालन गरेको भन्दै आगामी दिनमा प्रविधियुक्त कक्षाकोठा निर्माण गरेर यसप्रकारका शैक्षिक कार्यक्रम सञ्चालनको व्यवस्था मिलाइने जानकारी दिए। 

विभागका प्रमुख डा अर्यालले केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीको अन्तर्राष्ट्रियरुपमा दक्षता बढाउन र जल तथा मौसम विषयमा ज्ञानको दायरा फराकिलो बनाउन भिडियो प्रविधिले महत्वपूर्ण अवसर प्राप्त भएको जानकारी गराए। भिडियो कक्षामा २६ विद्यार्थीको सहभागिता रहेको छ।


 

More form the Internet

loading...