Suvadin, Home

बेलायतमा साझा प्रकाशन सहयोग समिति

नेपाल–बेलायत दौत्य सम्बन्ध स्थापनाको द्विशतवार्षिकी पूरा भएका उपलक्ष्यमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आयोजित साहित्यिक महोत्सव र पुस्तक प्रदर्शनीपछि साहित्यकार विकलचन्द्र आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन भएको प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले जानकारी दिएका छन्। समितिका संरक्षकमा बेलायतका लागि नेपाली राजदूत एवम् साहित्यकार डा. दुबसु क्षेत्री तथा सदस्यमा जयालक्ष्मी राई, विश्वासदीप तिगेला, देवेन्द्र खदेरा, कृष्ण बजगाईं, सुमलकुमार गुरुङ, डा. सोहन घिमिरे, सुमाया राई, लक्ष्मी राई लारा, दुर्गाप्रसाद पोखरेल र डा. रुपक श्रेष्ठ रहेका छन्।

काठमाडौं, चैत १६ – साझा प्रकाशन बचाऊ अभियानअन्तर्गत बेलायतमा साहित्यिक सहयोग समिति गठन भएको छ। उक्त प्रकाशनका कृतिलाई अन्तर्राष्ट्रिय बजारमा लैजान र साहित्यिक गतिविधि गर्न समिति गठन भएको हो।

नेपाल–बेलायत दौत्य सम्बन्ध स्थापनाको द्विशतवार्षिकी पूरा भएका उपलक्ष्यमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आयोजित साहित्यिक महोत्सव र पुस्तक प्रदर्शनीपछि साहित्यकार विकलचन्द्र आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन भएको प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले जानकारी दिएका छन्। 

समितिका संरक्षकमा बेलायतका लागि नेपाली राजदूत एवम् साहित्यकार डा. दुबसु क्षेत्री तथा सदस्यमा जयालक्ष्मी राई, विश्वासदीप तिगेला, देवेन्द्र खदेरा, कृष्ण बजगाईं, सुमलकुमार गुरुङ, डा. सोहन घिमिरे, सुमाया राई, लक्ष्मी राई लारा, दुर्गाप्रसाद पोखरेल र डा. रुपक श्रेष्ठ रहेका छन्।

अध्यक्ष शर्माले प्रदर्शनीमा प्रकाशनका २ सय शीर्षकका तीन हजार पुस्तक बिक्री भएको र विश्वका अन्य मुलुकमा पनि प्रदर्शनी गरी यस्तै समिति गठन गरिने जानकारी दिएका छन्। 


 

More form the Internet

loading...