Suvadin, Home

सल्यानमा अमेरिका र क्यानडाबाट पढाइ

यहाँको एक विद्यालयमा इन्टरनेटको माध्यमबाट शिक्षण सुरु गरिएको छ। अमेरिका र क्यानडामा बसेका दुई जनाले नेटमार्फतै विद्यार्थीलाई पढाउन थालेका हुन्। शारदा नगरपालिका–२ स्थित शिवजन माविमा आइएसिएजी दोस्रो वर्षका विद्यार्थीलाई अमेरिकाबाट डा. प्रेम भण्डारीले तथ्याङकशास्त्र र क्यानडाबाट कृष्ण श्रेष्ठले कृषि विषय पढाइरहेको प्रअ हिरालाल नेपालीले बताए।

सल्यान, चैत १– यहाँको एक विद्यालयमा इन्टरनेटको माध्यमबाट शिक्षण सुरु गरिएको छ। अमेरिका र क्यानडामा बसेका दुई जनाले नेटमार्फतै विद्यार्थीलाई पढाउन थालेका हुन्।

शारदा नगरपालिका–२ स्थित शिवजन माविमा आइएसिएजी दोस्रो वर्षका विद्यार्थीलाई अमेरिकाबाट डा. प्रेम भण्डारीले तथ्याङकशास्त्र र क्यानडाबाट कृष्ण श्रेष्ठले कृषि विषय पढाइरहेको प्रअ हिरालाल नेपालीले बताए।

‘प्रविधिको उच्चतम प्रयोग गरी विदेशबाट पनि विद्यालयमा सहज ढंगले पढाइ सञ्चालन गराउन सकिँदो रहेछ। आइएसिएजी दोस्रो वर्षका विद्यार्थीलाई पहिलो चरणमा इन्टरनेटको माध्यमबाट पढाइ सुरु गरेका छौँ,’ उनले भने।

कक्षाकोठामै आएर शिक्षकले पढाउनुपर्छ भन्ने पुरानो मान्यतालाई तोड्न समेत यो प्रविधि सफल भएको माविका संयोजक विजय केसीले जानकारी दिए । विदेशबाट प्रविधिको प्रयोग गरी पढाउन थालेपछि विद्यार्थीमा पनि आकर्षण बढेको उनको भनाइ छ।

पहिले-पहिले कक्षामा खासै विद्यार्थीको सहभागिता हुँदैनथ्यो तर इन्टरनेटको माध्यमबाट विदेशबाट पढाइ हुन थालेपछि पूरै विद्यार्थी नियमित आउन थालेका छन् । शिक्षकले कक्षामा आएर पढाउनेभन्दा श्रव्यदृश्यबाट पढाउँदा बढी प्रभावकारी र सहज भएको केसीले बताए। रासस


 

More form the Internet

loading...