Suvadin, Home

बायो इञ्जीनियरको परोपकारी कर्म
दीर्घरोगीको सेवामा समर्पित सम्राट

सोसियल मेडिकल सेन्टरमा पुनमगर मात्र होइन् दीर्घरोगबाट पीडित १५ जना आश्रय लिएर बसेका छन्। उनीहरूलाई आवश्यक उपकरण, डाक्टर तथा नर्सको सेवा र बेडको समेत व्यवस्था गरिएको छ। अहिले २० बेड रहेका छन्। गाउँबाट मात्र होइन् अस्पतालबाट पनि रिर्फर भएका बिरामी यहाँ आउछन्। ‘काठमाडौंमा सर्जरी गर्नुपर्ने र सर्जरीपश्चात लामो समयसम्म बस्नुपर्ने बाध्यता भएकालाई यहाँ राख्छौं,’ बस्नेतले भने, ‘४० वटा बेड पुुगिसकेका थिए। अहिले घटाएका हौं।’
साेसियल मेडिकल सेन्टरमा रहेका दीर्घराेगीसँग बायाे इञ्जीनियर सम्राटसिंह बस्नेत।

काठमाडौं, भदौ २०–सानो घर। घरका बेड बिरामीले भरिएका छन्। तर, अस्पताल होइन्। काठमाडौंको बालुवाटारस्थित नेपाल हेल्थ इक्युपमेन्ट डेभलपमेन्ट फाउन्डेसन (एनएचइडिएफ) द्वारा सञ्चालित सोसियल मेडिकल सेन्टर हो।

संस्थाका अध्यक्ष बायो इञ्जीनियर सम्राटसिंह बस्नेतसँग त्यहाँ पुुग्दा सेन्टरमा रहेका बिरामी खाजा खाँदै थिए। बस्नेतले हरेक कोठामा गएर नमस्कार गर्दा उनीहरू पीडाबाट मुक्ति भएकाझै देखिन्थे। मुुस्कानसहित नमस्कार फर्कारहँदा केही पलका लागि भएपनि दुःखाइबाट छुटकारा पाएको महसुस गर्न सकिन्थ्यो।

गत जेठदेखि मेडिकल सेन्टरमा रहेका दाङका नकबहादुर पुनमगरको बायाँ खुट्टाको रोटेशन प्लास्टिक सर्जरी गरिएको छ। उनी नियमित रुपमा वीर अस्पतालमा गएर उपचार गराउछन्। तर, खान, बस्नसँगै आवश्यक उपकरण, डाक्टर तथा नर्सको सेवा र बेडको एनएचइडिएफले गरेको छ।

यअसघि १८ लाख खर्च गरिसकेका पुनमगरलाई डाक्टर जेनिथको आह्वानमा उपचार खर्च जुटेको छ, भने अन्य बन्दोबस्त एनएचइडिएफले गरिरहेका छन्।

प्यारालाइसिसबाट पीडित अछामका १७ वर्षीय बिक्रम बोगटी पनि सोसियल मेडिकल सेन्टरमा छन्। उनले नेपालमा मात्र भारतका विभिन्न अस्पतालमा उपचार गराए। तर, निको नभएपछि काठमाडौं पुुगेका बोगटी सोसियल मेडिकल सेन्टरको आश्रयम छन्। ‘बोगटीको आर्थिक अवस्था दयनीय छ, अन्य सहयोग त हामीहरुले गरिरहेका छौं।

तर, उपचारमा समस्या भइरहेको छ,’ अध्यक्ष बस्नेतले भने, ‘अछाम घर भइ काठमाडौंमा रहेका विद्यार्थीले तीन हजार संकलन गरेर सहयोग गरेका छन्।’ उनको बाँया हात चल्दैन, भने शरीर कमजोर बनेको छ।

‘सरकारी  मात्र होइन निजी अस्पतालमा पनि उपचारका लागि पहल गर्छाै,’ उनले भने, ‘निजी अस्पतालमा १० प्रतिशत बिरामीलाई निःशुल्क उपचार गर्नुपर्ने प्रावधान अनुसार कतियको निःशुल्क उपचार गराएका छौं।’

 

 

सोसियल मेडिकल सेन्टरमा पुनमगर मात्र होइन् दीर्घरोगबाट पीडित १५ जना आश्रय लिएर बसेका छन्। उनीहरूलाई आवश्यक उपकरण, डाक्टर तथा नर्सको सेवा र बेडको समेत व्यवस्था गरिएको छ। अहिले २० बेड रहेका छन्। गाउँबाट मात्र होइन् अस्पतालबाट पनि रिर्फर भएका बिरामी यहाँ आउछन्।

‘काठमाडौंमा सर्जरी गर्नुपर्ने र सर्जरीपश्चात लामो समयसम्म बस्नुपर्ने बाध्यता भएकालाई यहाँ राख्छौं,’ बस्नेतले भने, ‘४० वटा बेड पुुगिसकेका थिए। अहिले घटाएका हौं।’

भूकम्प गएपछि जन्मिएको सोसियल मेडिकल सेन्टर
२०७२ साल वैशाख १२ गते बायो इञ्जीनियर बस्नेत बिरामीलाई रगत दिन वीर अस्पताल पुुगेका थिए। तर, दिउँसो ११ः५६ मिनेटमा भूकम्प गएपछि उनले रगत दिन पाएनन्। उनी लागे घाइतेको उद्धार गर्न। 

त्यसघि बस्नेतले इक्युपमेन्ट रिसाइकल सञ्चालन गरिरहेका थिए। तर, जब भूकम्प गयो। त्यसपछि बस्नेतसहितको टीमले घाइते उद्धार गरेर आफ्नो अफिसमा ल्याए। 

 

भूकम्पअघि घरघरमा मेडिकल उपकरण जडानको काम गर्दै आएका बस्नेत त्यसपछि लागे भूकम्पमा परेर घाइते भएकाको उद्धार र उपचारमा। उपचार गराइरहेका ड्रेसिङको जरुरी भएका, जुनसुकै बेला उपचार जरुरी पर्न सक्नेलाई उनले आफ्नो अफिसमा राखे।

त्यो दिन सम्झदै बस्नेत भन्छन्, ‘कयौं घाइते राजधानी बाहिरका थिए। उनीहरूलाई उपचारका लागि अस्पताल लैजानुपथ्र्याे। तर, बस्ने ठाउँ थिएन्। त्यस्ता व्यक्तिको उद्धार गरेर उपचार मात्र गराएनौं अफिसमा निःशुल्क बस्ने व्यवस्था मिलाऔैं।’

भूकम्पमा परी घाइते भएकाको उपचार गराएपछि तीन महिनामा सोसियल मेडिकल सेन्टर बन्द गर्ने योजना बनाएका थिए, बस्नेतले। तर, अवस्था फेरियो दिनानुदिन बिरामीको चाप बढ्न थालेपछि सेन्टर बन्द होइन् अस्पतालको वातावरणमा ढालिएको छ। आवश्यक उपकरण, डाक्टर तथा नर्सको सेवा र बेडको समेत व्यवस्था गरिएको छ।

 

भन्छन्, ‘म हरेक दिन बिहान उहाँहरुको अवस्था बुुझ्छु अब त परिवार जस्तै लाग्न थालिसक्यो।’ त्यही भएर बस्नेतको अबको दीर्घकालिन योजना पनि ग्रामीण क्षेत्रका बिरामी लक्षित छ।

 

सेवाभावले उक्त कार्य सुरु गरेको संस्थाले अहिलेसम्म पाँच जना नर्सिङ स्टाफसँगै भोलिन्टियर डाक्टरको सहयोगले सघाइरहेको छ। सम्राट जस्तै सेवाभाव रहेका श्याम गुरुङ, डा. रीतु लामिछाने, डा. समृद्धि बस्नेत, इञ्जीनियर खेमराज घर्तीमगर, राजन पराजुली, शिव प्याकुरेल, रितन राई, सुरुची खड्का र सदीक्षा राजेश्वरी थापाले उक्त संस्थाको स्थापना गरेका थिए। 

अध्यक्ष बस्नेतका अनुसार सोसियल मेडिकल सेन्टरले दीर्घरोगीलाई आश्रय मात्र दिएको छैन। उपचारका लागि पनि सहयोग गरिरहेको छ। ‘सरकारी  मात्र होइन निजी अस्पतालमा पनि उपचारका लागि पहल गर्छाै,’ उनले भने, ‘निजी अस्पतालमा १० प्रतिशत बिरामीलाई निःशुल्क उपचार गर्नुपर्ने प्रावधान अनुसार कतियको निःशुल्क उपचार गराएका छौं।’


सहयोगीको भरमा मेडिकल सेन्टर
दीर्घरोगबाट पीडित भएका भइ उपचार गराइरहेकालाई सेवा गरिरहेको मेडिकल सेन्टरमा कुनै दाताको सहयोग छैन।

चलिरहेको छ त सहयोगी मन, व्यक्तिगत तथा परिवार र छिमेकको सहयोगबाट। हालसम्म पाँच सय ४० जना घाइते, दीर्घरोगीको सेवा दिइसकेको मेडिकलले एक बिरामीलाई मासिक ५०–६०  हजारसम्मको खर्च गरिरहेको उनले बताए। ‘अहिलेसम्म आफै, आफन्त र साथीभाईका कारण हामीले सकेजतिलाई सेवा दियाँै, यही रुपमा अघि बढ्न भने मुश्किल परिरहेको छ,’ बस्नेत भन्छन्।  

सेवालाई निरन्तरता दिन पाए राम्रो हुन्थ्यो भन्ने लागिरहन्छ बस्नेतलाई। भन्छन्, ‘हामीले सुरु गरेका छौं, सहयोगी मनले सघाए भने निरन्तरता दिन सकिन्थ्यो।’

 

दीर्घकालिन योजना
राजधानीको सम्पन्न परिवारमा जन्मेका बस्नेतको बाल्यकाल सुखसयलमै वित्यो। उनले बाल्यकालमा दिनदुखी र बिरामी देखेनन्। ज्वरो आउदा डाक्टर घरमै  पुुग्थे। उनका बुवा नेपाल मेडिकल कलेजमा कार्यरत छन् भने पत्नी आइएनजीओमा जागिरे।

तर, अहिले बस्नेतको दिनचर्या बिरामीसँगै वित्छ।

भन्छन्, ‘म हरेक दिन बिहान उहाँहरुको अवस्था बुुझ्छु अब त परिवार जस्तै लाग्न थालिसक्यो।’ त्यही भएर बस्नेतको अबको दीर्घकालिन योजना पनि ग्रामीण क्षेत्रका बिरामी लक्षित छ।

अब काठमाडौं मात्र होइन हरेक क्षेत्रमा सोसियल मेडिकल सेन्टरको आवश्यकता महसुस गरेका बस्नेत भन्छन्, ‘काठमाडौंमा एक सय शैयाको सोसियल मेडिकल सेन्टर र हरेक क्षेत्रमा एउटा एउटा सोसियल मेडिकल सेन्टरको आवश्यकता देखेका छौं। त्यो योजना हो।’

सम्भव छ? भन्ने प्रश्नमा बस्नेत भन्छन्, ‘नेपालीहरूको साथ र सहयोगबाट अहिले यो संस्था चलिरहेको छ। नेपाली बिना संस्था चल्दैचल्दैन।’

बस्नेतको बाल्यकाल
काठमाडौंको महाराजगञ्जमा  जन्मिएका बस्नेत विद्यालयमा मध्यमस्तरका विद्यार्थी थिए। उनले भानुुभक्त स्कूलबाट एसएलसी पास गरे। उनका बुवा त्यतिखेर नै नेपाल मेडिकल कलेजमा कार्यरत थिए। ब्याचलर गरेपछि उनी लागे मेडिकल टेक्नोलोजी लाइनतर्फ। उनले नेपाल र नेपाल बाहिर गएर तालीम लिए। 

भन्छन्, ‘मैले बाल्यकालमा यस्तो दुुःख देखेन्। जुन अहिले देखिरहेको छु।’ 

उनले सुरुमा मेडिसर इन्टरप्राइजेजबाट काम थालेका बस्नेतले विभिन्न अस्पतालमा काम गरे। र, उनी काठमाडौंका आठ वटा अस्पतालका चिफ मेडिकल इञ्जीनियर थिए। तर, अहिले उनी ती र त्यस्ता अवसर छोडेर बिरामीको सेवामा लागेका छन्।


 


 

More form the Internet

loading...