Suvadin, Home

जनस्वास्थ्यमा गम्भीर लापरबाही
संगम स्वीट्सकै मःमःमा साङ्ला, उपभाेक्ताद्वारा कारबाहीकाे माग

बानेश्वरस्थित संगम स्वीटको मममा साङ्ला फेला परेको छ। नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिका सदस्य चेतराज जोशीले खाँदै गरेको मःमःमा साङ्ला भेटिएको हो। आइतबार दिउँसो भेज मःमः खाँदै गर्दा साङ्ला फेला परेको जोशीले शुभदिनलाई जानकारी दिए।
मःमः मा साङ्ला।

काठमाडौं, असोज २२ — बानेश्वरस्थित संगम स्वीटको मममा साङ्ला फेला परेको छ। नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिका सदस्य चेतराज जोशीले खाँदै गरेको मःमःमा साङ्ला भेटिएको हो।

आइतबार दिउँसो भेज मःमः खाँदै गर्दा साङ्ला फेला परेको जोशीले शुभदिनलाई जानकारी दिए। ‘मःमः खाँदै थिएँ, साङ्ला भेटियो,’ जोशीले भने, ‘खाद्यवस्तु स्वच्छ र सफा राख्नु त कहाँ हो कहाँ उल्टै साङ्ला भेटियो।’

उपभोक्ता संरक्षण हित मञ्च नेपालका सचिव विष्णु  तिमिल्सिना यसरी खाद्यवस्तुमा साङ्ला भेटिनु गम्भीर विषय रहेको बताउछन्। ‘यो गम्भीर विषय हो, दुषित खाद्यवस्तु बिक्री गरेवापत खाद्य ऐन  र उपभोक्ता संरक्षण ऐन आकर्षित हुन्छ,’ सचिव तिमिल्सनाले भने।

प्रमाणसहित उजुरी दिन सकिने तिमिल्सिनाले बताएका छन्। कतिपय धार्मिक आध्यात्मिक कारणले शाकाहारी भएर शुद्ध शाकाहारी खानका लागि संगममा पुग्ने गरेका छन्।


 

More form the Internet

loading...