Suvadin, Home

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूकाे सम्मेलन

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको तेस्रो राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ। सोमबार सुरु सम्मेलनमा मुलुकभर स्वास्थ्य र जनसंख्या विषयमा भएका अध्ययन अनुसन्धानको गहन छलफलसहित थप अनुसन्धान आवश्यक क्षेत्र र विषयको निर्क्याैल गरिने छ। स्वास्थ्यसम्बन्धी दीगो विकासको लक्ष्य प्राप्तिका लागि के हामी सही दिशामा छौं? भन्ने विषयमा नै सम्मेलन केन्द्रित भएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी अध्यक्ष प्रा.डा. अञ्जनीकुमार झाले जानकारी दिएका छन्।
अञ्जनीकुमार झा। तस्बिरः स्वास्थ्य खबर

काठमाडौं, चैत २८ – स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको तेस्रो राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ। सोमबार सुरु सम्मेलनमा मुलुकभर स्वास्थ्य र जनसंख्या विषयमा भएका अध्ययन अनुसन्धानको गहन छलफलसहित थप अनुसन्धान आवश्यक क्षेत्र र विषयको निर्क्याैल गरिने छ।

स्वास्थ्यसम्बन्धी दीगो विकासको लक्ष्य प्राप्तिका लागि के हामी सही दिशामा छौं? भन्ने विषयमा नै सम्मेलन केन्द्रित भएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी अध्यक्ष प्रा.डा. अञ्जनीकुमार झाले जानकारी दिएका छन्।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको सम्मेलनमा भारत, जर्मनी, चीनलगायत मुलुकका स्वास्थ्य र जनसंख्या वैज्ञानिकको सभागिता छ। सम्मेलनले संघीय संरचनामा मुलुकले दीगो स्वास्थ्यका लागि स्वास्थ्य र जनसंख्याको क्षेत्रमा अबलम्बन गर्नुपर्ने नीतिबारे सरकारलाई सुझाव दिने छ।


 

More form the Internet

loading...