Suvadin, Home

एसइर्इ परिक्षामा बैतडीबाट ६ हजार ६ सय परीक्षार्थी सहभागी

यो वर्ष बैतडीमा माध्यमिक शिक्षा परीक्षा २५ वटा केन्द्रमार्फत सञ्चालन गरिएको जिल्ला शिक्षा कार्यालय बैतडीका विद्यालय निरीक्षक शंकरदत्त भट्टले जानकारी दिए।

बैतडी, चैत ३ -  यो वर्ष बैतडीमा माध्यमिक शिक्षा परीक्षा २५ वटा केन्द्रमार्फत सञ्चालन गरिएको जिल्ला शिक्षा कार्यालय बैतडीका विद्यालय निरीक्षक शंकरदत्त भट्टले जानकारी दिए।

नियमित, आंशिक र पुरक गरी ६ हजार ६६६ परीक्षार्थी परीक्षामा सहभागी हुनेछन्। नियमिततर्फ २ हजार ६७८ छात्र र २ हजार ७५८ छात्रा गरी ५ हजार ४३६ परीक्षार्थी सहभागी हुनेछन् भने पुरकतर्फ ८७ छात्र र ९६ छात्रा गरी १८३ परीक्षार्थी सहभागी हुने विद्यालय निरीक्षक भट्टले जानकारी दिए।

यस्तै, आंशिकतर्फ ३५९ छात्र र ६८८ छात्रा गरी १ हजार ४७ परीक्षार्थी सहभागी हुनेछन्। यो वर्ष माध्यमिक शिक्षा परीक्षा एसइइमा बैतडीबाट ३ हजार १२४ छात्र र ३ हजार ५४२ छात्रा गरी ६ हजार ६६६ परीक्षार्थीले सहभागिता जनाउनेछन्।

यसैबीच, जिल्ला परीक्षा समन्वय समितिको बैठकले परीक्षालाई मार्यादित र व्यवस्थित तरिकाले सम्पन्न गर्ने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी एवं जिल्ला परीक्षा समन्वय समितिका संयोजक तुलसीराम पौडेलको अध्यक्षतामा बसेको बैठकले माध्यमिक शिक्षा परीक्षालाई मार्यादित र व्यवस्थित रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो।


 

More form the Internet

loading...