Suvadin, Home

एसईईको नतिजा असारको पहिलो साताभित्रै सार्वजनिक हुने

एसईई परीक्षार्थीको प्राप्ताङ्क कम्प्युटरमा इन्ट्री गर्ने र रुजु गर्ने काम भइरहेको बताइएको छ। परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले भने, ‘हामी नतिजा सार्वजनिक गर्ने तयारीमा जुटिरहेका छौं। असार १० गतेभित्रै रिजल्ट आउँछ।’

काठमाडौं, ३ असार – परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसईई परीक्षाको नतिजा असारको पहिलो साताभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ।

एसईई परीक्षार्थीको प्राप्ताङ्क कम्प्युटरमा इन्ट्री गर्ने र रुजु गर्ने काम भइरहेको बताइएको छ। परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले भने, ‘हामी नतिजा सार्वजनिक गर्ने तयारीमा जुटिरहेका छौं। असार १० गतेभित्रै रिजल्ट आउँछ।’

प्राविधिकतर्फको नतिजा पनि सँगै प्रकाशित गर्ने योजना बनाइरहेको रेग्मीले बताए। यसअघि प्राविधिक विषयहरुको नतिजा ढिला प्रकाशित हुन्थ्यो। प्राविधिकअन्तर्गत करिब ८ हजार विद्यार्थीले परीक्षा दिएका छन्।

चैत ८ गतेबाट सञ्चालित यस वर्षको एसईई परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ जना विद्यार्थी सहभागी भएका थिए।

सरकारले कक्षा १० सम्मको परीक्षा सञ्चालनको जिम्मा अब प्रदेश तहलाई दिइसकाले गर्दा केन्द्रले परीक्षा लिने र नतिजा प्रकाशित गर्ने यो अन्तिम पटक हो। 


 

More form the Internet

loading...