Suvadin, Home

प्रधानमन्त्री देउवाकाे चट्टानी अडान, 'चुनावपछि सरकार छाड्नु परेपनि डा. गाेविन्द केसीकाे पक्षमा उभिरहन्छु'

प्रधानमन्त्री देउवाले लामाे समयकाे संघर्षपछि अाएकाे चिकित्सा शिक्षा अध्यादेशको पक्षमा नेपाली कांग्रेस चुनावपछि पनि निरन्तर उभिने प्रतिवद्धता जनाएका छन्।
प्रधानमन्त्री देउवा र प्रा.डा. गाेविन्द केसी।

काठमाडाैं, मंसिर १२ – प्रधानमन्त्री शेरबहादुर देउवा र प्रा.डा. गाेविन्द केसीबीच भेटवार्ता भएकाे  छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे भेटवार्तामा चिकित्सा शिक्षा अध्यादेश तथा अागामी रणनीतिका विषयमा छलफल भएकाे छ।

भेटमा प्रधानमन्त्री देउवाले लामाे समयकाे संघर्षपछि अाएकाे चिकित्सा शिक्षा अध्यादेशको पक्षमा नेपाली कांग्रेस चुनावपछि पनि निरन्तर उभिने प्रतिवद्धता जनाएका छन्। चुनावपछि सरकार छाेड्नु परेपनि डा. गाेविन्द केसीका साथ नछाड्ने उनले प्रष्ट पारेका छन्।

भेटवार्तामा सहभागी डा. अभिषेक राज सिंहका अनुसार दाेश्राे चरणमा मंसिर २१ गते हुने निर्वाचनपछि चिकित्सा शिक्षा अायाेग गठन गर्ने प्रतिवद्धता प्रधानमन्त्री देउवाले जनाएका छन्।

'मंसिर २१ गतेसम्म निर्वाचन अाचारसंहिता लागू हुने भएकाले त्यसपछि अायाेग गठनकाे प्रक्रिया शुरू हुन्छ,' प्रधानमन्त्री देउवाकाे भनार्इ उद्धृत गर्दै डा. सिंहले शुभदिनसँग भने।

देउवाले चुनावपछि वाम गठबन्धनकाे सरकार बन्ने र चिकित्सा शिक्षा अध्यादेश खारेज गर्ने एमाले अध्यक्ष केपी शर्मा अाेलीकाे भनार्इमा कुनै अाधार नरहेकाे प्रष्ट पार्दै अब अध्यादेश कसैले पनि खारेज गर्न नसक्ने प्रष्ट पारेका छन्।

साथै, काेशी अञ्चल अस्पताललार्इ चिकित्सा शिक्षाका लागि दिइएकाे सम्बन्धन पनि स्थगित गर्न स्वास्थ्यमन्त्रीलार्इ निर्देशन दिने देउवाले उल्लेख गरे। 

यसैबीच, प्रा.डा. गाेविन्द केसीले अध्यादेशका लागि गरेकाे पहलकदमी र सकारात्मक भूमिकाप्रति प्रधानमन्त्री शेरबहादुर देउवासहितकाे टिमलार्इ धन्यवाद दिएका छन्। चिकित्सा शिक्षा अध्यादेश मुलुककाे स्वास्थ्य शिक्षाका लागि काेशेढुंगा सावित हुने डा. केसीकाे विश्वास छ।


 

More form the Internet

loading...