Suvadin, Home

यसरी पुनःनिर्माण गरिदै सिन्धुली गढी दरबार (भिडियो)

सिन्धुली गढीलार्इ पुन निर्माण गर्न गैरआवासयि नेपाली संघ एनआरएनएका अध्यक्ष भुवन भट्टले एक कार्यक्रमकाबिच प्रेस विज्ञप्ती जारी गर्दै कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्रीलाई सिन्धुलीगढी पुनःनिर्माण गुरुयोजना हस्तान्तरण गरेका छन्। सिन्धुली गढी जिर्णोद्धार एवं पुनःनिर्माण गुरुयोजना सम्बन्धित पक्षसँग छलफल गरि तयार पारिएको प्रेस विज्ञप्तिमा जनाइएको छ। कार्यक्रममा अध्यक्ष भट्टले भने, ‘सिन्धुली गढी घुमेर हेर्दा सुन्तलीमाई कतिमा राम्रो दरबार’ भन्ने गीत सुने सिन्धुलीगढी घुम्न पुग्दा दरबारै नरहेकाले गढी पुनःनिर्माण कार्यलाई ढिलोमा २ वर्ष भित्रै सम्पन्न गर्ने बताएका थिए।

सिन्धुली, ९ कात्तिक – एतिहाशिक गाैरवको धरोहर बोकेको सिन्धुली गढी यतिबेला भग्नावशेष अवस्थामा छ। गोर्खाली सेनाले अंग्रेजहरूविरूद्ध लडेर विजय हासिले गरेको सिन्धुली गढीको संरक्षण हुन नसक्दा झाडीमा परिणत भएको छ।

सिन्धुली गढीलार्इ पुन निर्माण गर्न गैरआवासयि नेपाली संघ एनआरएनएका अध्यक्ष भुवन भट्टले एक कार्यक्रमकाबिच प्रेस विज्ञप्ती जारी गर्दै कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्रीलाई सिन्धुलीगढी पुनःनिर्माण गुरुयोजना हस्तान्तरण गरेका छन्।

सिन्धुली गढी जिर्णोद्धार एवं पुनःनिर्माण गुरुयोजना सम्बन्धित पक्षसँग छलफल गरि तयार पारिएको प्रेस विज्ञप्तिमा जनाइएको छ। कार्यक्रममा अध्यक्ष भट्टले भने, ‘सिन्धुली गढी घुमेर हेर्दा सुन्तलीमाई कतिमा राम्रो दरबार’ भन्ने गीत सुने सिन्धुलीगढी घुम्न पुग्दा दरबारै नरहेकाले गढी पुनःनिर्माण कार्यलाई ढिलोमा २ वर्ष भित्रै सम्पन्न गर्ने बताएका थिए।

त्यसैगरि कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्रीले गैर आवासीय नेपाली संघ र यस अभियानमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न सबैलाई धन्यवाद दिएका छन्। कुल १६ करोड लागत मध्य नगरपालिकाले १० करोड रुपैँया जम्मा गर्न तयार रहेको समेत उनले बताए। नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य मनोज जंग थापाको पहलमा गुरुयोजना निर्माणको कामले शुरुवात पाएको थियो।

 


 

More form the Internet

loading...