Suvadin, Home

सिंहदरबारको मुख्य भवन भत्काउन नपर्ने

विज्ञहरूले भूकम्पले क्षति पुर्याएको सिंहदरबारको मुख्य भवन भत्काउन नपर्ने सुझाव दिएका छन्। बुधबार पुनः निरीक्षण गरेपछि उनीहरू भवन भत्काउन नपर्ने टुंगोमा पुगेका हुन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेलसहित बुधबार दिउँसो भवन निरीक्षणमा पुगेका विज्ञहरुको समूहले भवन पूरै भत्काउनुपर्ने अवस्था नरहेको बताएका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले यसअघि नै भवन पूरै भत्काउन नहुने धारणा राख्दै आएको थियो।
सिंहदरबार।

काठमाडौं, वैशाख ६– विज्ञहरूले भूकम्पले क्षति पुर्याएको सिंहदरबारको मुख्य भवन भत्काउन नपर्ने सुझाव दिएका छन्।

बुधबार पुनः निरीक्षण गरेपछि उनीहरू भवन भत्काउन नपर्ने टुंगोमा पुगेका हुन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेलसहित बुधबार दिउँसो भवन निरीक्षणमा पुगेका विज्ञहरुको समूहले भवन पूरै भत्काउनुपर्ने अवस्था नरहेको बताएका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले यसअघि नै भवन पूरै भत्काउन नहुने धारणा राख्दै आएको थियो।

भवन भत्काउन नपर्ने विज्ञहरुले सुझाव दिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेलले जानकारी दिए। उनले भवनलाई प्रवलीकरण (रेट्रोफिटिङ) गर्ने प्रक्रिया अब अघि बढाउने बाटो खुलेको पनि स्पष्ट पारे।

पुरातत्व विभागले पनि सिंहदरबारको मुख्य भवन नेपाली कला र शैलीमा निर्माण गरिएकाले यसलाई भत्काउन नहुने सुझाव दिँदै आएको थियो। विज्ञहरूले सिंहदरबारको मुख्य भवन भत्काउनै पर्ने गरी क्षति नभएको बताएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले पनि बताए। उनले अव भवनको प्रवलीकरण (रेट्रोफिटिङ) को काम सुरू गर्न बाटो खुलेको पनि उल्लेख गरे।

सरकारले सिंहदरबारको मुख्य भवन भूकम्पपछि क्षति भएको निष्कर्ष निकाल्दै भत्काउने तयारी गरेको थियो। तर, विज्ञहरूले भवनलाई प्रवलीकरण (रेट्रोफिटिङ) गर्न सकिने सुझाव दिएका हुन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अव प्रवलीकरण (रेट्रोफिटिङ) को काम तत्काल सुरू गर्ने पनि जनाएको छ। २०७२ साल वैशाख १२ गते भूकम्पमा परी सिंहदरबारको मुख्य भवनमा क्षति भएपछि त्यहाँको सामान समेत स्वयम्भूस्थित राष्ट्रिय संग्रहालयमा राखिएको छ।


 

More form the Internet

loading...