Suvadin, Home
Nepal life 1.248M

कालीगण्डकी करिडोरः
केन्द्रीय प्रशासणलाइनमा यसरी जोडिँदैछन् म्याग्दी र मुस्ताङका जलविद्युत् आयोजना

म्याग्दी र मुस्ताङमा निर्माणाधीन उक्त जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रशारणलाइनमा जोड्नका लागि कालीगण्डकी करीडोर प्रशारणलाइन निर्माण शुरु गरिएकोे हो। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना र पर्वतको कुश्मा नगरपालिका–१ खुर्कोटमा विद्युत्को सवस्टेशन निर्माण भइरहेको छ। उक्त आयोजनाको प्रशारणलाइनका लागि टावर निर्माण धमाधम भइरहेको छ।
निर्माणाधीन जलविद्युत अायोजना।

म्याग्दी, २९ भदौ – कालीगण्डकी करिडोर प्रशारणलाइनको निर्माणले तीब्रता पाएको छ। करिडोरअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको ३९ किलोमिटर लामो प्रशारणलाइन र सवस्टेशन निर्माण तीब्र रुपमा भइरहेको छ।

म्याग्दी र मुस्ताङमा निर्माणाधीन उक्त जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रशारणलाइनमा जोड्नका लागि कालीगण्डकी करीडोर प्रशारणलाइन निर्माण शुरु गरिएकोे हो।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना र पर्वतको कुश्मा नगरपालिका–१ खुर्कोटमा विद्युत्को सवस्टेशन निर्माण भइरहेको छ। उक्त आयोजनाको प्रशारणलाइनका लागि टावर निर्माण धमाधम भइरहेको छ।

दाना–खुर्कोटसम्म ११४ टावर निर्माण गर्नुपर्नेमा हालसम्म ४० वटाभन्दा धेरैको निर्माण सम्पन्न भएको छ। अन्य टावर निर्माण भइरहेको आयोजनाका प्रमुख चन्दनकुमार घोषले जानकारी दिएका छन्। ‘समयमै आयोजनाको काम सक्न प्रयासरत छौँ’ – उनले भने। सवस्टेशनको पूर्वाधार निर्माणलाई तीब्र पारिएको छ। 

नेपाल विद्युत् प्राधिकरणले एशियाली विकास बैंकको सहयोगमा कालीगण्डकी करीडोर प्रशारणलाइन आयोजनाअन्तर्गत सन् २०१६ देखि म्याग्दीको दानाबाट पर्वतको खुर्कोट जोड्ने प्रशारणलाइन र सवस्टेशन निर्माण शुरु गरेको हो।

दुई अर्ब ९० करोड रुपैयाँमा ठेक्का सम्झौता गरेका टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीले सवस्टेशनको पूर्वाधार, प्रशारणलाइनको टावर निर्माणसँगै उपकरण खरिदको कामलाई अघि बढाएका छन्।

सन् २०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्यसहित निर्माणलाई तीब्रता दिइएको आयोजनाका प्राविधिक सहायक प्रबन्धक लक्ष्मण फुँयालले बताएका छन्। सो आयोजनाको हालसम्म ६५ प्रतिशत काम सम्पन्न भएको छ।

कालीगण्डकी करीडोर प्रशारणलाइनअन्तर्गत विद्युत् प्राधिकरणले पहिलो चरणमा दाना–खुर्कोटमा सवस्टेशन र प्रशारणलाइन निर्माणको काम अघि बढाएको छ। खुर्कोटदेखि नवलपरासीको बर्दघाटसम्म दोस्रो चरणमा प्रशारणलाइनको पूर्वाधार बनाउने तयारी भइरहेको छ।

यहाँ उत्पादन हुने विद्युत् राष्ट्रिय प्रशारणलाइनमा जोड्नका लागि पूर्वाधार निर्माणले गति लिएसँगै म्याग्दीमा निर्माणाधीन जलविद्युत् आयोजनाले समेत पूर्वाधार निर्माणलाई तीब्रता दिएको छ।

आयोजनाले प्रशारणलाइनको टावर रहने जग्गा अधिग्रहणका लागि रु चार करोड ५० लाखभन्दा बढी मुआब्जा वितरण गरिसकेको छ। टावरका लागि ९३ रोपनी जग्गा अधिग्रहण गरिनेछ।

कालीगण्डकी करीडोर राष्ट्रिय प्रशारणलाइनमार्फत् म्याग्दी र मुस्ताङमा निर्माण भएका र निर्माणाधीन जलविद्युत् अयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रशारणमा जोडिनेछ।

उक्त प्रशारणलाइनअन्तर्गत १३ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाले उत्पादन शुरु गरिसकेको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पाँच मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको मिस्त्रीखोला, १४ मेगावाटको घारखोला तथा १०० मेगावाटको निलगिरि र निलगिरि क्यास्केट हाल निर्माणाधीन अवस्थामा छन्।

त्यस्तै रघुगंगा गाउँपालिकामा ४० मेगावाटको राहुघाटले समेत निर्माण शुरु गरेको छ भने अन्नपूर्ण गाउँपालिकामै १६४ मेगावाटको कालीगण्डकी गर्ज, ६२ मेगावाटको निलगिरि, ३८ मेगावाटको निलगिरि क्यास्केटलगायतका आयोजनाले काम शुरु गर्ने तयारी गरेका छन्।


 

More form the Internet

loading...