Suvadin, Home

काठमाडौंमा स्वाइनफ्लुका बिरामी

काठमाडौंमा दुई जनालाई स्वाइनफ्लु रोगको संक्रमण देखिएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले दुई जना बिरामीमा स्वाइनफ्लुको संक्रमण देखिएको पुष्टि गरेको हो। अस्पतालले दुई जना संक्रमणका रोगी भेटिए पनि आत्तिइहाल्ने अवस्था भने नरहेको पनि स्पष्ट पारेको छ। अस्पतालका चिकित्सक शेरबहादुर पुनले दुई जना रोगी भेटिए पनि आत्तिइहाल्ने अवस्था नरहेको बताए।

काठमाडौैं, वैशाख ५- काठमाडौंमा दुई जनालाई स्वाइनफ्लु रोगको संक्रमण देखिएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले दुई जना बिरामीमा स्वाइनफ्लुको संक्रमण देखिएको पुष्टि गरेको हो।

अस्पतालले दुई जना संक्रमणका रोगी भेटिए पनि आत्तिइहाल्ने अवस्था भने नरहेको पनि स्पष्ट पारेको छ। अस्पतालका चिकित्सक शेरबहादुर पुनले दुई जना रोगी भेटिए पनि आत्तिइहाल्ने अवस्था नरहेको बताए। उनले रोगको संक्रमण लागेको शंका लाग्नेवित्तिकै स्वास्थ्य संस्थाहरुको सम्पर्कमा आउन भने सुझाव दिए।

चिकित्सक पुनले स्वाइनफ्लु रोगले स्वासप्रश्वास सम्बन्धी समस्या ल्याउने भएपनि आत्तिइहाल्न भने नपर्ने बताए। यो रोग लाग्दा उच्च ज्वरो आउने, खोकी लाग्ने, जीउ दुख्ने, घाँटी खस्खसाउने, सास फेर्न समस्या हुनेजस्ता लक्षण देखिने अस्पतालले जनाएको छ।

चिकित्सक पुनले बालबालिका र वृद्धवृद्धा तथा मुटु रोगी र दम रोगीलाई भने यो रोग लाग्यो भने जटिलता थपिने सक्नेतर्फ पनि सचेत गराए। उनले सामान्य अवस्थामा रहेका बिरामीहरूले घरमै आराम गरेर बस्ने र झोलिलो पदार्थ खाँदा पनि यो रोगको संक्रमण कम हुँदै जाने पनि स्पष्ट पारे। अस्पतालले यो रोगको संक्रमण देखिएका बिरामीलाई टाइम फ्लू नामक औषधि दिने गरेको छ।

सास फेर्न समस्या पर्ने योग रोग बेलैमा उपचार नभए ज्यान जान सक्नेतर्फ पनि चिकित्सकहरूले सचेत गराउँदै आएका छन्। नेपालमा स्वाइनफ्लु रोगको संक्रमण पहिलोपटक ९ वर्षअघि देखापरेको हो। यो रोगबाट बच्न धुँवा धुलोबाट बच्नुपर्ने चिकित्सकहरूले सुझाव दिँदै आएका छन्। उनीहरूले यो रोगको संक्रमण हुनबाट बच्न साबुन पानीले हात धुनुपर्ने लगायतका परामर्श पनि दिँदै आएका छन्।


 

More form the Internet

loading...