Suvadin, Home

Cover Image

 परीक्षा सार्ने विषयमा सर्वोच्चमा भोली बहस 

भाद्र ३ गतेको परीक्षा सार्न सर्वोच्च अदालतमा परेको मुद्दामाको बुधवार ( भोली) बहस हुने भएको छ।विस २०६३ अघिका र २०६३ पछिका अस्थायी शिक्षकहरुले परीक्षा सार्न भन्दै साउन २९ गते आइतबार सर्वोच्चमा छुट्टा–छुट्टै दुई वटा मुद्दा दायर गरेका थिए।
सर्वोच्च अदालत।

काठमाडौं, साउन ३१–भाद्र ३ गतेको परीक्षा सार्न सर्वोच्च अदालतमा परेको मुद्दामाको बुधवार ( भोली) बहस हुने भएको छ।विस २०६३ अघिका र २०६३ पछिका अस्थायी शिक्षकहरुले परीक्षा सार्न भन्दै साउन २९ गते आइतबार सर्वोच्चमा छुट्टा–छुट्टै दुई वटा मुद्दा दायर गरेका थिए।

शिक्षक सेवा आयोग नियमावलीको प्रावधान खारेज गर्न माग गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलाशमा दायर रिटमा साउन २७ गते तोकिएको सुनुवाइ स्थगित भएको भन्दै अस्थायी शिक्षकहरुले सो रिटमा फैसला नभएसम्मका लागि परीक्षा सार्न माग गदै सर्वोच्चमा मुद्दा दर्ता गराएका हुन्।

उनीहरुले भाद्र ३ गतेको र त्यसपछि पनि संवैधानिक इजलाशमा मुद्दा निरुपण नभएसम्मका लागि परीक्षा स्थगित गर्न माग गरेका छन्।

मुद्दाको फैसला नभई भाद्र ३ गते परीक्षा भए तालिम नभएको, शिक्षा विषय नभएको, शिक्षक लाइसेन्स नभएको विस्थापित भएका र लियन राख्ने बस्ने हजारौं अस्थायी शिक्षकहरु परीक्षा दिनबाट बञ्चित हुने मुद्दामा दाबी गरिएको छ।

विस २०६३ अघिका  अस्थायी शिक्षक पुष्पराज चौधरी,  कल्पना ज्ञवाली लम्साल, गोविन्दप्रसाद भण्डारी, शरदकुमार मिश्र,  चिरञ्जिवी ठाकुर, कुडुले सीता शर्मालगायत ७ जनाले गत आइतबार २०७४–ओडब्लु–००६९ नम्बरको मुद्दा दायर गरेका थिए।


त्यस्तै, २०६३ पछिका अस्थायी शिक्षकहरु इलामका रञ्जु बम्जन, समिक्षा कुमारी ढकाल निरौला, उमा खत्री,  जितेन्द्र कुमार सिंह, अनिता कसजु,  सुशिला थापा, अप्सरा सापकोटा, जय ब्रजचार्य,  प्रतिमा लामालगायत १६ जनाले भाद्र ३ गतेको परीक्षा सार्न भन्दै सर्वोच्च अदालतमा २०७४–ओडब्लु–००६८ नम्बरको मुद्दा दायर गरेका हुन्।

मुद्दामा (भाेली) बुधवार नै सर्वोच्च अदालतले परीक्षा केही दिन पछि सार्ने अन्तरिम आदेश दिने अधिवक्ताले बताएका छन्। मुद्दा संवैधानिक इजलाशमा चलिरहेको बेला परीक्षा सञ्चालन गर्नु कानून बिपरीत हुने देखिन्छ। 


 

More form the Internet

loading...