Suvadin, Home

बन्दका कारण लाखौ बालबालिका पठनपाठनबाट बञ्चित 

सरकारले २०६८ साल जेठ ११ मा विद्यालय शान्ति क्षेत्र घोषणा गरेको थियो।सरकारले विद्यालय क्षेत्र शान्ति क्षेत्र भनेर घोषणा गरे पनि बन्द र आन्दोलनमा विद्यालय निर्वाध सञ्चालनमा आउन सकिरहेका छैनन् । राजनीतिक दलहरूले विद्यालय शान्ति क्षेत्रलाई वेवास्ता गर्दा बालबालिका पढन पाउने हकबाट समेत बञ्चित भएका हुन्।
तस्बिर :रासस

काठमाडौं, फागुन २६ - राजधानी काठमाडौंसहित देशमा अधिकांश जिल्लाका बालवालिका शुक्रबार विद्यालय जान पाएनन्। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको बन्दका कारण तराईसहित विभिन्न जिल्लामा शुक्रबार विद्यालय बन्द हुँदा लाखौं बालालिकाहरू पठन-पाठनबाट बञ्चित भएका हुन्।

सरकारले २०६८ साल जेठ ११ मा विद्यालय शान्ति क्षेत्र घोषणा गरेको थियो। सरकारले विद्यालय क्षेत्र शान्ति क्षेत्र भनेर घोषणा गरे पनि बन्द र आन्दोलनमा विद्यालय निर्वाध सञ्चालनमा आउन सकिरहेका छैनन्। राजनीतिक दलहरूले त्यसलाई बेवास्ता गर्दा बालबालिका पढ्न पाउने हकबाट समेत बञ्चित भएका हुन्।

यता काठमाडौंका निजी विद्यालय बन्द हुँदा पाँच लाख विद्यार्थी पठनपाठनबाट बञ्चित भएका छन्। एन प्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले विद्यालय शान्ति क्षेत्र घोषणा गरिए पनि बन्दमा विद्यालय चलाउनका लागि सुरक्षाको बातावरण नहुँदा बन्द गर्नु परेको बताए। उनले भने, ‘तरार्इमा भएका हिंसात्मक घटना र राजनीतिक दलहरूले आह्वान गरेको बन्दले बालबालिका कक्षाकोठामा बसेर पढ्न सक्ने बातावरण छैन, अर्काे विद्यालय सञ्चालन गर्न सुरक्षा पनि छैन। बन्दमा कसरी विद्यालय खोल्ने?’

बन्दका कारण उपत्यकामा सरकारी विद्यालयमा पढने  बालवालिका पनि प्रभावित भएका छन्। जिल्ला शिक्षा कार्यालय ललितपुरका अनुसार जिल्लाका २ सय ४६ विद्यालय बन्द छन्। भक्तपुरमा चार पाँच वटा मात्रै विद्यालय सञ्चालन भएको जिल्ला शिक्षा कार्यालय भक्तपुरका सहायक जिल्ला शिक्षा अधिकारी गोविन्द सेढार्इंले बताए। जिल्ला शिक्षा कार्यालय काठमाडौंका अनुसार अधिकांश विद्यालय परीक्षा सञ्चालनको तयारी गरिरहेकाले शुक्रबार बन्द छन्। 


 

More form the Internet

loading...